img

सप्तरीमा मोटर जडान भएको ट्युबेल चलाउदाँ करेन्ट लागेर ससुरा-बुहारीसहित ३ जनाको मृत्यु


अपुर्व न्युज सम्वददाता
कञ्चनपुर, १९ श्रावण ।
सप्तरीमा मोटर जडान भएको ट्युबेल र चापाकलमा पानी लिन जाँदा बुधबार राति करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिकामा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप वडा नं.६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा बुहारी हुन् ।


इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीले जनाएका छन् । प्रहरीका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो ।

अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताए ।
यस्तै सप्तरीको राजगढ गाउँपालिका वडा नं.२ कमलपुरका ५६ वर्षीय शिवशङ्कर साहसमेतको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने बेलामा उनलाई करेन्ट लागेको हो ।


प्रतिक्रिया दिनुहोस् ।