img

आज केही प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना


काठमाण्डाैं, १० माघ ।  मौसम पूर्वानुमान महाशाखाले चार प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना हुने जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेशका थोरै भू-भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस् ।