img

आज देखि दुई दिन सम्म वर्षाको सम्भावना, सतर्क रहन आग्रह


कञ्चनपुर,१८ असोज । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ ।

भारी बर्षा पर्दै गरेकाे दृश्य

बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली हुने जनाएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा लेखिए अनुसार असोज १८ गते नवमीको दिन दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ । राति भने लुम्बिनी, बागमती, गण्डकी, मधेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
असोज १९ गते बुधबार दशैंको टीकाको दिन देशभर बादल लाग्ने मधेश प्रदेश र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस् ।