img

सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति


काठमाण्डौं,२ चेत्र । सरकारले लघुवित्त पीडितसँग ६ बुँदे सहमति गरेको छ ।
अर्थ मन्त्रालयमा शुक्रवार लघुवित्तपीडित संघर्ष समितिसँग ६ बुँदे सहमति गरेको हो । सहमति पत्रमा सरकारी टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षबाट केन्द्रीय अध्यक्ष पुनाराम ज्ञवालीले हस्ताक्षर गरेका छन् ।​
अर्थमन्त्री वर्षमान पुनले लघुवित्त पीडितका समस्या समाधान गर्न गत बुधवार वार्ताका लागि समिति गठन गरेका थिए ।
लघुवित्तका विषयमा उचित नीतिगत र कानूनी व्यवस्था गर्न सरकारलाई अनुरोध गर्ने सहमति भएको छ ।​​
लघुवित्तहरू कम्पनी कानून अन्तर्गत दर्ता भए पनि सेवाभन्दा नाफामूलक संस्थाको रुपमा खडा भएपछि सरकारले अन्तर्राष्ट्रिय कानून र अभ्यासको पनि अध्ययन गर्ने भएको छ ।
राष्ट्र बैंकको निर्देशन र नियमन पालना नगर्ने लघुवित्तलाई कानून बमोजिम कारबाही गर्ने विषयमा पनि सहमति जुटेको छ । साभार ः लोकान्तर डटकम


प्रतिक्रिया दिनुहोस् ।