img

कञ्चनरुपमा तिन दिने दलित समुदायका अगुवाहरुको प्रदेशस्तरीय सम्मेलन शुरु


कञ्चनपुर(सप्तरी)१७ भाद्र । सप्तरीको कञ्चनरुपमा दलित सरोकार मञ्च नेपाल सप्तरीले दलित समुदायका अगुवाहरुको प्रदेशस्तरीय सम्मेलन शुरु भएका छन् ।

तिन दिने दलित समुदायका अगुवाहरुको प्रदेशस्तरीय सम्मेलन मा विशिष्ट व्यक्तित्वहरु ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.११ स्थित ठेलिया एलिफेन्ट रिर्सोटमा दलित अधिकार ः सबैको सरोकार नाराका साथ दलित सरोकार मञ्च नेपाल सप्तरीद्धारा आयोजित दलित समुदायका अगुवाहरुको प्रदेशस्तरीय सम्मेलन भाद्र १७ देखि १९ गते तिन दिन सम्म हुने मञ्चकी कार्यक्रम सहायक अर्चना परियारले बताइन् ।

सो दलित समुदायका अगुवाहरुको प्रदेशस्तरीय सम्मेलनमा दलित विकास समितिको ५ वर्षीय रणनीतिमा समेट्नुपर्ने दलितका सवाल, दलित सशक्तीकरण ऐन कार्यान्वयनको आगामी कार्ययोजना, मधेस प्रदेश सरकारले निर्माण गरेको र प्रस्तावित ऐनहरूमा दलित अधिकार,स्थानीय तहको निर्वाचनमा दलित समुदायका उम्मेदबारले खेप्नुपरेको विभेद, कोरोनाले दलित समुदायमाथि पारेको असर र प्रभाव ः राजनीतिक दलको घोषणापत्रमा ती मुद्दा सम्बोधनका सवाल, स्थानीय तहको निर्वाचन २०७९ मा दलित प्रतिनिधित्वको अवस्था र आगामी प्रदेश र सङ्घीय चुनावमा दलित प्रतिनिधित्वको सवाल, सङ्घीय र प्रदेश चुनावमा दलित प्रतिनिधित्वको सवालमा दलित भातृ सङ्गठनको भूमिका, मधेस प्रदेशमा दलित समुदायको मानव अधिकारको अवस्था, दलित समुदायको थर सूचीकरणमा मधेस प्रदेशमा देखिएको अन्तरविरोध, मानव अधिकार, मधेसी र महिला आयोगले दलित अधिकार संरक्षण र प्रवद्र्धनमा निर्वाह गरेका भूमिका, प्रदेश नीति तथा आयोग र राष्ट्रिय योजना आयोगको प्राथमिकतामा दलित र प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा दलित सवाल लगायत बिषयबस्तुहरु वृहत छलफल र बहस हुने मञ्चकी कार्यक्रम सहायक परियारले बताईन् ।

सो तिन दिने दलित समुदायका अगुवाहरुको प्रदेशस्तरीय सम्मेलनमा कार्यपत्र प्रस्तुतिकताहरुमा डा. विजयप्रसाद मिश्र,रक्षा राम हरिजन, प्रस्तुति ः रूप सुनार,लेखक रघुनाथ लामिछाने, इन्सेक, मधेस प्रदेश संयोजक राजु पासवान र राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा लगायतका विशिष्ट व्यक्तित्वहरु रहेको मञ्चका कार्यक्रम संयोजक सुसिन्द्र पासवाले बताए ।

उक्त सम्मेलनमा खुल्ला छलफल/बसहमा मधेसी आयोगका अध्यक्ष डा. विजय दत्त, महिला आयोगका सदस्य जया घिमिरे,राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर,राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सुरेन्द्र लाभ, दलित अभियान्ता एवं विश्लेषक भोला कुमार पासवान र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा लगायतका विशिष्ट व्यक्तिहरु रहेका छन् ।
सोही सम्मेलनमा टिप्पणीकारहरुमा रिंकु दास, लवकुश बैठा, राजेश पासवान,बृजलाल पासवान, युक्तिलाल मरिक, सङ्गीता राम, डा. विजयप्रसाद मिश्र, चन्देश्वर सदा, शान्ति पासवान, विदेह नगरपालिका, धनुषाका प्रमुख बेचन, रुपनी गाउँपालिका, सप्तरी उपप्रमुखको उम्मेदवार बेचनी सरदा,मनोज राम,सञ्जय महरा र अर्चना परियार लगायतका विशिष्ट व्यक्तिहरु रहने मञ्चले जनाए ।

तिन दिने दलित समुदायका अगुवाहरुको प्रदेशस्तरीय सम्मेलनमा मघेश प्रदेशका दलित विकास समितिका सदस्य श्यामसुन्दर सरदार ।

सो तिन दिने दलित समुदायका अगुवाहरुको प्रदेशस्तरीय सम्मेलनको उद्घाटन सत्र दलित सरोकार मञ्च नेपाल सप्तरीका संस्थापक कार्यकारी निर्देशक,दलित अभियान्ता एवं विश्लेषक भोला कुमार पासवानको अध्यक्षता,मघेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख अतिथि तथा मघेश प्रदेशका दलित विकास समितिका सदस्य श्यासुन्दर सरदारको विशिष्ट अथितिमा मघेश प्रदेशका विभिन्न पार्टीका दलित भातृ सङ्गठनका पदाधिकारीहरु,दलित समुदायका सञ्चारकर्मीहरु,दलित कर्मचारीहरु,दलित अधिकारकर्मीहरु,दलित अभियान्ता र दलित महिला अधिकारकर्मीहरु तथा मधेस प्रदेशका ८ वटै जिल्लाका दलित अगुवा/अधिकारकर्मीलगायतका विशिष्ट व्यक्तिहरुको उललेखनिय उपस्थिती रहेको दलित सरोकार मञ्चकी कार्यक्रम सहायक अनिता कुमारी खंगले बताईन् ।


प्रतिक्रिया दिनुहोस् ।