img

सबैलामा प्रहरीद्धारा १ सय लिटर भन्दा बढि अबैध मदिरा नष्ट


मनोज पासमान
सबैला, ४ माघ । धनुषाको सबैलामा प्रहरीद्धारा १ सय लिटर भन्दा बढि अबैध मदिरा नष्ट गरिएको छ।

धनुषाको सबैलामा अबैध मदिरा प्रहरीले नष्ट गर्दै ।

सबैला नगरपालिकामा पर्ने भठिहन, कुशमाहा,अमरखना सबैला लगायतको गाउहरुमा अबैध मदिरा उत्पादन तथा बिक्री भैरहेको जनगुनासो प्रहरीमा आएपछि ईलाका प्रहरी कार्यलय सबैलाबाट खटिएको प्रहरी टोलिले नगरका विभिन्न गाउँहरुबाट लगभग १ सय लिटर भन्दा बढि मदिरा नियन्त्रणमा लिएर सोमबार नष्ट गरिएको ईलाका प्रहरी कार्यलय सबैलाका प्रहरी निरीक्षक राम कृष्ण देवकोटाले बताएका छन।
ईलाका प्रहरी कार्यलय, सबैला क्षेत्र भित्र वा नगरपालिका वरिपरी कतै मदिराको ओसारपसार तथा बिक्री गर्न पाएकोमा आवश्यक कार्यवाही गर्ने प्रहरी निरीक्षकले बताएका छन।


प्रतिक्रिया दिनुहोस् ।