img

दलित समुदायको सशक्तिकरण र उत्थानका लागि सप्तरीका दलित समुदायका कार्यपालिका सदस्यहरुद्धारा संजाल निमार्ण


कञ्चनपुर, २६ माघ । दलित समुदायको सशक्तिकरण र उत्थानका लागि सप्तरीका जिल्लाका दलित समुदायका कार्यपालिका सदस्यहरुले संजाल निमार्ण गरेका छन् ।
दलित सरोका मञ्च नेपाल कञ्चनरुप नपा ८ सप्तरीको आयोजनामा ‘दलित सशक्तीकरण ऐन २०७६ कार्यान्वयनको अवस्था ः आगामी दिनमा कार्यपालिका सदस्यहरूको भूमिका’ विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा उक्त भेला भएका कार्यपालिका सदस्यहरुले संजाल निमार्ण गरेका हुन् ।
सप्तरी विष्णुपुर गाउँपालिकाका कार्यपालिका सदस्य अशोक कुमार रामको अध्यक्षतामा २१ सदस्य दलित समुदायका कार्यपालिका सदस्यहरुको जिल्लास्तरीय संजाल गठन भएको छ । समितको उपाध्यक्षमा सप्तकोशी नगरपालिकाका कार्यपालिका सदस्य राजेन्द्र बिश्वकर्मा,सचिवमा हुनमाननगर कंकालिनी नगरपालिका कार्यपालिका सदस्य बिरेन्द्र राम,सहसचिवमा कञ्चनरुप नगरपालिकाका कार्यपालिका सदस्य शोभा पासवान र कोषाध्यक्षमा राजविराज नगरपालिकाकी कार्यपालिका सदस्य सोनी रजक चयन भएका छ ।
संजालका सदस्यहरुमा राजगढ गापाका उदयशंकर बिश्वकर्मा,महदेवा गापाका चन्द्रिकादेवी खंग,रुपनी गापाका अनारदेवी पासवान,शंम्भुनाथ नगरपालिकाका शिवशंकर राम,तिरहुत गापाकी सितादेवी खत्वे,डाक्नेश्वरी नपाकी रेणुदेवी बिश्वकर्मा,सुरुगा नपाका रामभगत राम,खडक नपाका सिहेश्वर मण्डल,तिलाटीकोइलाडी गापाकी नितुकुमारी खंग,छिन्नमस्ता गापाकी जानकारीदेवी राम,बोदेबरसाईन नपाका उतिमलाल मंडल,अग्निसाईरकृष्णासवरन गापाका राधेश्याम राम र बलानबिहुल गापाका गौरीशंकर मंडल रहेका छन् ।
दलित समुदायबाट निर्वाचित जिल्ला भरीका स्थानीयतहका ७ वडाअध्यक्ष र ६९ कार्यपालिका सदस्य गरी ७६ जनप्रतिनीधी सहितको भेलामा सहभागिता रहेको थियो ।
सप्तरीबाट सूरु भएको यो कार्यक्रम मधेश प्रदेशको १ सय ३६ वटै पालिकामा अभियान कै रुपमा संचालन गरिने आयोजक संस्थाले जनाएको छ । यसका लागी भेलाबाट विहीवारसप्तरी जिल्लामा तयारीका लागी विष्णुपुर गाउँपालिकाका कार्यपालिका सदस्य अशोक कुमार रामको संयोजकत्वमा १८ सदस्यीय दलित संजाल समिति समेत गठन गरिएको छ । उक्त समितिको सदस्यमा १८ वटै पालिकाबाट दलित समुदायका निर्वाचित जनप्रतिनिधि सदस्य छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सभापती श्रवण कुमार देव, दलित अकिारकर्मी राजकुमार पासवान, दलित कार्यपालिका सदस्य अशोक राम, रन्जु सरदार, हरेराम मण्डल लगायतले पनि बोल्दै मतदाता सुचिमा समावेश हुन छुटेका दलित लगायत सीमान्तकृत समुदायको अधिकार सुनिश्चितका लागि कार्यपालिका सदस्यहरु एकजुट हुनु पर्नेमा जोड दिएका छन ।


प्रतिक्रिया दिनुहोस् ।