img

सहयोगी सहकारी संस्थाले मासिक प्रतिवेदन सार्वजनिक गरे


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर,३ फागुन ।
सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप ८ सप्तरीले नियमित रुपमा मासिक प्रतिवेदन बिहिबार सार्वजनिक गरेका छन ।

बिहिबार सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मासिक प्रतिवेदन सार्वजनिक

सहकारी विभागबाट जारी निर्देशन बमोजिम उक्त सहकारीले शेयर पंजी ३ करोड ३० लाख ५२ हजार एक सय,जगेडा कोष १ करोड ७९ लाख ५४ हजार २ सय ४७ रुपैंया ५४ पैसा,कुल निक्षेप ३२ करोड ८ लाख ३ हजार ५ सय ८८ रुपैंया,लगानीमा रहेको कर्जा ३० करोड ६२ लाख ८५ हजार १ सय ९१ रुपैंया,कुल संस्थागत पुंजी १ करोड ८२ लाख ५९ हजार ७ सय १२ रुपैया २९ पैंसा,विभिन्न कोषहरुको जम्मा रकम १ करोड २१ लाख ६४ हजार ३ सय ८४ रुपैया ४७ पैंसा र वासलात ४० करोड ७२ लाख ७७ हजार ६ सय ४४ रुपैया ३० पैंसाको कारोबार भएको सहकारीका लेखापाल,व्यवस्थापक तथा सह–व्यवस्थापकले संयुक्त हस्ताक्षर गरी सार्वजनिक रहेको हो ।
सो सहकारीमा २७ प्रतिशत तरलता रहनुका साथै कुल शेयर सदस्य संख्या ४ हजार ३ सय २७ जना र कुल ऋणी सदस्य संख्या ८ सय २३ जना रहेका छन ।


प्रतिक्रिया दिनुहोस् ।