img

किर्ते जन्मदर्ता बनाउने बिष्णुपुर गाउँपालिकाका थप एक जना पक्राउ


अपूर्व समाचारदाता ।
कञ्चनपुर,२१ माघ ।  किर्ते जन्मदर्ता बनाउने कार्यमा संलग्न रहेको आरोपमा सप्तरीका बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ का मनोज राम पक्राउ परेका छन् । रामलाई गाउँबाटै पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

अग्निसाइर कृष्णसवरण गाउँपालिकाका वडा नम्बर ४ का सचिव रमेश घिमिरे

वडा सचिव घिमिरेसहितका आठ जना मिलेर कम उमेरकी आफ्नी छोरीको बढी उमेर देखाएर जन्मदर्ता बनाएको भन्दै अग्निसाइर कृष्णासवरण गाउँपालिकाका वडा नम्बर ४ का ललित इसरले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा प्रहरीले किर्ते मुद्दा चलाएको थियो ।

सोही मुद्दामा अग्निसाइर कृष्णसवरण गाउँपालिकाका वडा नम्बर ४ का सचिव रमेश घिमिरे र कार्यालय सहयोगी देबकान्त चौधरीलाई सप्तरी जिल्ला अदालतले २२ पुसमै पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।

कागजात किर्ते मुद्दामा दुबैलाई आईतबार जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
ललितले सचिव घिमिरे, कार्यालय सहयोगी चौधरी, कम्प्युटर अपरेटर सुनिता चौधरी, किर्ते जन्म दर्ता बनाउन आउने बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ का नारायण राम, शिबु राम, जितु राम र अशोक रामबिरुद्ध जाहेरी दिएका थिए ।
अन्य व्यक्ति फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
न्यौपानेले पक्राउ परेका रामलाई सोमबार जिल्ला अदालतमा पेश गर्ने बताए ।

बढी उमेर देखाएर गरिएको थियो विवाह
ललित इसरले आफ्नी १३ बर्षकी छोरी बविताको किर्ते जन्म दर्ता बनाएर २१ बर्षीय युवकले विवाह गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । छोरीको उमेर २१ बर्ष देखाई युवकले विवाह गरेको उनले बताएका थिए ।
जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ बस्ने मनोज कुमार रामले बवितासँग किर्ते जन्म दर्ता बनाएर कपिलवस्तु जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ गरेका थिए ।

रामले २१ बर्ष उमेर देखाउँदै बवितासँग विवाह गरेको दावी गरिरहँदा अग्निसाइर कृष्णसवरण गाउँपालिकामा यसअघि गरिएको उनको जन्म दर्ता अनुसार बविताको उमेर १३ बर्ष २ महिना १५ दिन मात्रै देखिएको थियो ।

रामले बविताको जन्म २०५८ साल जेठ ११ गते भएको भन्दै जन्म दर्ता बनाएका थिए । यो अनुसार उनको उमेर २१ बर्ष पुग्छ । तर, वडा कार्यालयको रेकर्डमा बविताको जन्म २०६७ साल बैशाख २४ गते भएको भन्दै जन्मदर्ता दिइएको छ । वडा कार्यालयले २०७५ साल बैशाख २५ गते बवितालाई यो जन्म दर्ता दिइएको ललितले जाहेरीमा उल्लेख गरेका थिए ।
‘बविताका पिता ललित कुमार इसर र आमा सावित्राको २०६३ साल जेठ १२ गते विवाह भएको तर किर्ते गरी बनाइएको नक्कली जन्म दर्तामा बविताको जन्म २०५८ साल जेठ ११ गते नै उल्लेख गरिएको छ’ ललितले भने ।
वडा कार्यालयको जन्म दर्ता सम्बन्धी ढ्ढा (पुरानो रजिष्टर) मा बविताको नाम उल्लेख गरी अर्काे जन्म दर्ता दिइएको पाइएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस् ।