img

जनमत सप्तरीद्वारा राष्ट्रिपति भण्डारीले पुत्ला दहन


कञ्चनपुर(सप्तरी) ७ असाेज । जनमत पार्टी सप्तरीको दुई ठाउँमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ ।                                          विधेयक प्रमाणीकरण नगरेको बिरोधमा सप्तरी सदरमुकाम राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाको भारदहमा राष्ट्रियति पुत्ला जलाइएको हो । राजविराजमा जनमत पार्टीका नेता-कार्यकर्ताले भण्डारीको पुत्ला जलाएका छन् । पुत्ला जलाउने क्रममा प्रहरी र जनमतका नेताबीच घम्सासम्सीको भएको छ । सोही क्रममा जनमतका युवा नेता उदयनाथ मण्डल घाइते भएका छन् ।

शुक्रबार सदरमुकाम राजविराजस्थित जनआन्दोलन चौकमा राष्ट्रपति भण्डारीको पुत्ला जलाएका हुन् । राष्ट्रपतिबिरुद्ध नाराबाजी गर्दै उनीहरुले पुत्ला जलाएका हुन् ।

पुत्ला जलाउने क्रममा जनमतका जिल्ला अध्यक्ष ममता झा सहित नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यस्तै, भारदहमा जनता समाजवादी पार्टी (जसपा) का नेता-कार्यकर्ताले राष्ट्रपति भण्डारीको पुत्ला जलाएका छन् । जसपा क्षेत्र नम्बर १ (ख )को आयोजनामा पुत्ला दहन गरिएको हो । जसपाका क्षेत्रिय अध्यक्ष जितेन्द्र खड्गाको नेतृत्वमा गएका नेता-कार्यकर्ताले भारदह चोकमा राष्ट्रपति भण्डारीको पुत्ला जलाएका हुन् ।


प्रतिक्रिया दिनुहोस् ।