img

निर्वाचन कार्यतालिका स्वीकृत, असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने


काठमाडौं,२४साउन  २०७९ 

निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभा सदस्य  निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । जसअनुसार असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्यक्रम तय गरिएको छ ।

अन्तिम नामावली प्रकाशन असोज २६ गते प्रकाशन हुने प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । समानुपातिक तर्फको बन्द सूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको छ ।

असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुने आयोगले जानकारी दिएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्ष तर्फको मतपत्र छाप्न करिब एक महिना लाग्ने जनाएको छ ।

आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ । साभार ः रातोपाटी डटकम 


प्रतिक्रिया दिनुहोस् ।