img

शम्भुनाथ नगरपालिकाका नगरप्रमुख र इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर


राजविराज,१३ असोज । विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्रप्रसाद गुप्ता भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको इजलासले भ्रष्टाचारसम्बन्धी मुद्दामा नगरप्रमुख गुप्ता र इन्जिनयर रामचन्द्र साहलाई शुक्रबार दोषी ठहर गरेको हो ।

सप्तरीको शम्भुनाथ नगरपालिका भवन

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार नगरप्रमुख गुप्ता र इन्जिनयर साह दुवैलाई ६ महिना कैद र ७० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ ।
गुप्ता भ्रष्टाचारी ठहर हुने सप्तरीका दोस्रो नगर प्रमुख हुन् । नगरप्रमुख गुप्ता २०७९ फागुन १७ गतेदेखि निलम्बित छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख गुप्ताविरुद्ध रिसवत लिएको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेसँगै नगरप्रमुख गुप्ता निलम्बित भएका थिए । नगरप्रमुख गुप्ता र नगरपालिकाका इन्जिनयर रामचन्द्र साहलाई मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी गर्दा सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप लागेको थियो ।

नगरप्रमुख गुप्ता र इन्जिनयर साहमाथि विशेष अदालतमा भ्रष्टाचार निवारण एैन,२०५९ को दफा ३ को उपदफा ९१० को कसुरमा आरोप पत्र दायर गरिएपछि उनी निलम्बित भएका थिए ।

अख्तियारको इटहरीस्थित कार्यालयवाट खटिएको टोलीले २०७९ माघ ३ गते इन्जिनयर साहलाई एक लाख ४० हजार रुपैयाँ घुस लिइसकेको भन्दै नियन्त्रणमा लिएको थियो । इन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगरप्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई बिपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।
दुबै जनालाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा९१० को कसुरमा बिगो एकलाख ४० हजार कायम गरि भ्रष्टाचार निवारण ऐन ,२०५९ को दफा ३ को उपदफा ९१० र सोही दफ ३ को उपदफा९१० देहाय खण्ड ९घ० बमोजिम कैद र बिगो बमोजिम जरिवानाको मागदावीसहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।


प्रतिक्रिया दिनुहोस् ।