img

चाड्पर्व लक्षित सुरक्षा योजना सार्वजनिक ः सप्तरी प्रहरी


कञ्चनपुर, १० असोज । सप्तरी प्रहरीले हिन्दुहरु महान चाडपर्व विजय दशमीलाई लक्षित गरी सुरक्षा योजना सार्वजनिक गरेको छ ।
योजना अन्तर्गत सप्तरी जिल्लाभर शान्ति, सुरक्षा कायम गर्न कार्यरत अधिकतम प्रहरी जनशक्ती, सवारी साधन लगायतका श्रोत साधनहरु परिचालन गरिने जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरीका प्रमुख एसपी अविनारायण काफ्लेले जानकारी दिए ।
उनका अनुसार ७ सय प्रहरी परिचालन गर्दै १७ वटा ४ पाङग्रे र ३६ वटा २ पाङ्ग्रे सवारीको प्रयोग हुने बताए । मन्दिर तथा भिडभाड हुने ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन हुने बताए ।

सप्तरी प्रहरी विजयादशमी भिढभाड नियन्त्रण गर्न तयारी अबस्थामा

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिको निर्णयानुसार सप्तरी जिल्ला स्थित रहेका नेपाली सेना,सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान बिभाग जिल्ला कार्यालय सप्तरी सँग समन्वय सहकार्य गरी भरपर्दो सुरक्षा ब्यबस्था मिलाईने एसपी काफ्लेले जनाए ।


प्रतिक्रिया दिनुहोस् ।