img

दलित र मुस्लिम समुदायहरुको मानव विकास सूचकाङ्कमा मधेश प्रदेश सवै भन्दा कम ः राष्ट्रिय योजना आयोगका सदस्य डा. सुरेन्द्र लाभ


अपुर्व न्युज
कञ्चनपुर,१९ भदौ । राष्ट्रिय योजना आयोगका सदस्य डा. सुरेन्द्र लाभ कर्णले मधेशमा आदिवासि जनजाती दलित र मुस्लिम समुदायहरु उत्पीडनमा परेकोले नेपालको मानव सुचाङ सुचीमा मधेश प्रदेश सवै भन्दा तल रहेको बताए ।

आसमान नेपालका सुशासन सल्लाहकार गुरु प्रसाद सुवेदी कार्यक्रम सम्बोधन गर्दै ।

आईतबार मधेश प्रदेश दलित समुदायका अगुवाहरुको प्रदेशस्तरीय सम्मेलनको समापन समरोहमा योजना आयोगका सदस्य डा. सुरेन्द्र लाभले,– भने जब सम्म यी समुदायहरुको राज्यद्वारा सम्बोधन हुदैन तब सम्म समाज परिवर्तण हुदैन ।

नेपालमा एउटै रोगबाट ग्रसित छ, त्यो रोग कायान्वयन पक्ष हो । राज्यले नीति योजना सवै बनाउछन तर कार्यन्वयन नभएकोले त्यस्ता नीति तथा योजनाहरु कागजमै सिमित रहनछन् । उनले भने,‘समाज विकासका लागि सवभन्दा पहिले समाजिक क्षेत्रमा विकास हुनुपर्छ । दोश्रोमा आर्थिक क्षेत्र र तेश्रोमा मात्र राजनितिक क्षेत्रको विकास गर्नुपर्छ । ’
उनले,थपे नेपालमा एउटै रोगबाट ग्रसित छ, त्यो रोग कायान्वयन पक्ष हो । राज्यले नीति योजना सवै बनाउछन तर कार्यन्वयन नभएकोले त्यस्ता नीति तथा योजनाहरु कागजमै सिमित रहनछन् । उनले भने,‘समाज विकासका लागि सवभन्दा पहिले समाजिक क्षेत्रमा विकास हुनुपर्छ । दोश्रोमा आर्थिक क्षेत्र र तेश्रोमा मात्र राजनितिक क्षेत्रको विकास गर्नुपर्छ ।

दलित समुदायका अगुवाहरुको प्रदेशस्तरीय सम्मेलनमा दलित अगुवाहरु उल्लेखनिय सहभागी

त्यसैगरी राष्ट्रिय दलित आयोगका अध्यक्ष डा. देवराज विश्वकर्माले दलितले आफ्नो अधिकार पहिचानकालागि संगठित भएर सर्घष अगाडि बढाउन जरुरी रहेको बताएका छन् ।
आयोग अध्यक्ष विश्वकर्माले विगतमा छुवाछुत विभेद खेपेका छन भने ति जाति अबको दलित सुचिमा पर्छ । यदि विगतमा छुवाछुत खेपेको छैन भने दलित सुचिकृतमा पर्दैन । यसमा आयोग प्रष्ट भएर कार्य गरीरहेको छ । ’ आयोग अध्यक्ष बिश्वकर्माले भने,‘नेपालका अर्थविदहरुले उत्पीडन, छुवाछुत, जातियविभेद र महिला हिंसा लगायतका घटनाले गर्दा प्रत्येक वर्ष जिडिपीको २५ प्रतिशत आर्थिक नोक्सानी बेहोरिरहेको छ ।
सम्मेलनमा राष्ट्रिय मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले मधेश प्रदेशमा दलित माथि भएको घटनाहरुमा आयोग प्रत्यक्ष रुपमा स्थलगत अनुगमन गरेको बताए । उनले भने, ‘नेपालमा १४९ वटा जातजाती र २२ सय थर छन । मधेशमा थरको अधारमा जाति छुट्याइन्छ ।’ दलित सरोकार मञ्चले आयोजना गरेको तीन दिने दलित अगुवा सम्मेलनमा आएका दलित अगुवाहरुलाई संगठित भई आन्दोलन गर्नु पर्ने बताए । उनले दलित अगुवाहरु अगाडि बढनुस मधेशी आयोग काधमा काध मिलाएर जाने बताए ।

कार्यक्रममा दलित सरोकार मञ्चका पूर्व कार्यकारी निर्देशक तथा संस्थापक सदस्य भोला पासवानले राष्ट्रिय दलित आयोग र राष्ट्रिय मधेशी आयोगलाई आग्रह गर्दै भने, मधेश प्रदेशका दलित समुदायको समस्यालाई संबोधन मिलेर गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा दलित सरोकार मञ्चले सम्पूर्ण आयोगहरुलाई दलित समुुदायको शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थीक र निर्वाचनमा दलितको प्रतिनिधित्व वढाउनकालागि ज्ञापन पत्र समेत हस्तान्तरण गरेका छन ।

तिन दिने दलित समुदायका अगुवाहरुको प्रदेशस्तरीय सम्मेलनको समापन कार्यक्रममा दलित सरोकार मञ्च नेपाल सप्तरीका जिल्ला संयोजक राजकुमार पासवानले दलित सरोकार मञ्चले विगत सात बर्ष दलित आन्दोलन,स्थानीय,प्रदेश र संघीय सरकार सँग सहकार्य,दलित तथा गरिब विधार्थीलाई छात्रवृतिमा सहयोगको भुमिका,दलित प्रतिनिधित्वमा पहुँच,प्रदेश प्रहरी ऐन,दलित सशक्तिकरण विधेयकमा लगायत बिषयमा मञ्चले खेलेको महत्वपुर्ण बारे प्रस्तुती गरेको हो ।

सो समापन कार्यक्रमा मधेश प्रदेशका इन्सेक संयोजक राजु पासवान, मानाव अधिकार आयोगका भिम बहादुर राई, आसमान नेपालका सुशासन सल्लहकार गुरु सुवेदी, नेकपा एसका स्थायी समिति सदस्य रामप्रित पासवान, जसपा केन्द्रीय सदस्य तथा मधेश प्रदेशका राजनितिक समिति सदस्य चन्देश्वर सदा लगायतले आप्mनो मनत्वय व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस् ।