img

मतदाता शिक्षा सम्बन्धि कार्यक्रम सम्पन्न


कञ्चनपुर, २५ भाद्र । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दलित समुदायहरुमा मताधिकार सुनिश्चित गर्न ४ दिने मतदाता शिक्षा सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मञ्चकी अर्चना परियार र अनिता कुमारी खंगले महिला,दलित मतदाताहरुलाई मतदान गर्ने तरिका सिकाईदैं ।

शनिबार सप्तरीको कञ्चनरुपमा दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनामा वडास्तरीय महिला, दलित तथा सिमान्तकृत समुदायलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न, मतदान गर्ने तरिका, सबैको मताधिकार सुनिश्चित गर्नका लागि मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको दलित सरोकार मञ्चकी कार्यकारी निर्देशक प्रमिला पासवानले जनाएकी छिन् ।

मञ्चकी कार्यकारी निर्देशक पासवानले,भनिन्,– मतदाता शिक्षा कार्यक्रमले आगामी निर्वाचनमा शिक्षा, पहुँच र सुचना जस्ता कुराबाट पछाडी पारिएका महिला, दलित, तथा सिमान्तकृत समुदायको मतदानमा सहभागिता बढाउन सहयोग पुग्ने आशा समेत व्यक्त गरेकी छिन् ।
मञ्चकी लेखा अधिकृत बाल कुमारी चौधरीले भने्,–गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाको कमिले गर्दा दलित समुदायहरुमा धेरै मत बदर हुनुका साथै आफ्नो मताधिकारबाट बञ्चित भएकोे बताइन् । आगामी निर्वाचनमा भने सबैलाई राम्रो तरिकाले मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्ने बताईन् ।
सो मतदाता शिक्षा कार्यक्रमको सहजीकरण दलित सरोकार मञ्चका स्वमसेवक रबिन पासवानले गरेका थिए । ४ दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा कञ्चनरूप नगरपालिकाको १२ वटै वडाका महिला,दलित,तथा सिमान्तकृत समुदायका २ सय भन्दा बढि व्यक्तिहरुलाई प्रशिक्षण दिएको मञ्चका कार्यक्रम संयोजक सुसिन्द्र पासवानले बताए ।


प्रतिक्रिया दिनुहोस् ।