img

कोशी ब्यारेजमा सप्तरी योगिनियाँका एक युवक मृत फेला


अपूर्व समाचारदाता ।
भारदह,२० माघ । सप्तरीको हनुमाागर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहस्थित कोशी ब्यारेजमा आज एक युवक मृत अवस्थामा भेटिएका छन् । गत माघ ११ गते पूणिर्माको दिन लाग्ने कोसी मेला हेर्न गाउँले साथिहरुसित रुपेश पनि गएका थिए । सोही दिनदेखि हराई रहेका रुपेशको आज शव बरामद भएको र पोष्टमार्टमकालागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको जानकारी जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
सप्तरी जिल्लाको हनुमाागर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहस्थित कोशी ब्यारेजमा ती युवक मृत भेटिएका हुन् ।
मृत युवक सोही नगरपालिका वडा नम्बर ५ योगिनियाँ निवासी अन्दाजी १९ बर्षका रुपेश मुखिया हुन । कोशी ब्यारेजको ४१ नम्बर ढोकामा युवकको शव भेटिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुन्ढीराज नेउपानेले जानकारी दिए । यस बारेमा अन्य अनुसन्धान भइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस् ।