img

कञ्चनरुपका सुकुम्वासी तथा भुमिहिनहरुले विभिन्न माग राख्दैं नगर प्रमुखलाई ९ वुदैं ज्ञापन पत्र बुझाए


कञ्चनपुर(सप्तरी),भाद्र २६ गते । कञ्चनरुपका सुकुम्वासी तथा भुमिहिनहरुले  गाँस, वास, कपाससमेतको व्यवस्थाको माग गर्दै   दवावमूलक कार्यक्रम गर्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्तालाईविभिन्न ९ वुदैं ज्ञापन पत्र बुझाएका छन ।

दवावमूलक विरोघ कार्यक्रममा प्रर्दशन गर्दै सम्पुर्ण दलित,भुमिहिन तथा सुकुम्बासीहरु ।

आईतबार नेपाल उत्पीडित जातिय मुक्ति समाजको आयोजनामा कञ्चनरुप नगरपालिकाका भुमिहिन दलित,सुकुम्बासी तथा अव्यवस्थित वसोवासीहरुको हाल सम्म लगत संकलन नगरेको भन्दैं कञ्चनरुप नगरपालिकाको विरोघमा दवावमूलक कार्यक्रममा विभिन्न ९ वुदैं जायज माग राख्दैं कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकिय अधिकृत रेणुका साहलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका छन् ।

कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले नगरपालिकाका भुमिहिन तथा सुकुम्बासीहरुको ९ वुदैं ज्ञापन पत्र बुझदैं भने,–राष्ट्रिय भुमि आयोग सँग समन्वय गरेर चाँडो भन्दा चाँडो कञ्चनरुप नगरपालिकाका सम्पुर्ण भुमिहिन तथा सुकुम्बासीहरु लगत संकलन गर्ने लगायतको कार्य आगाडी बढने प्रतिबद्धतासमेत गरेको समाजका अध्यक्ष सदाले बताए ।

कञ्चनरुप नगरपालिकामा नगरपालिका र सुकुम्बासी आयोगले भुमिहिन तथा सुकुम्वासीका समस्याका विषयमा कुनै चासो नदिएको भन्दै आफना समस्या सामाधान गर्न ध्यानकर्षण गर्ने उदेश्यले प्रर्दशनको आयोजना गरिएको नेपाल उत्पीडित जातिय मुक्ति समाज कञ्चनरुपका अध्यक्ष जगदेव सदाले बताए ।
सो विरोधमा दवावमूलक कार्यक्रममा सुरक्षित घरवास सवैलाई ,खेतियोग्य जमिन सवैलाई,जसको जोत उसको पोत,भन्ने नारा लगाउदै नेपाल सरकारले राष्ट्रिय भुमि आयोगलाई भुमि दिन दलित, सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई पहिचान र प्रमाणिकरणको आधार र मापदण्ड तोक्ने,स्थानिय तहबाट लगत संकलनको लागि आवश्यक कार्यविधि र ढाँचा तयार गरी स्वीकृत गर्ने, तिनको पहिचान गर्ने, लगत संकलन गर्ने र प्रमाणिकरणको काम स्थानीय निकाय मार्फत गर्ने, सम्बन्धित मालपोत कार्यालय सँग समन्वय गरी सम्बन्धित नापी कार्यालयबाट नापजाँच गरी श्रैस्ता तयार गर्ने गराउने अधिकार दिदाँ समेत कञ्चनरुप नगरपालिकाका भुमिहिन तथा सुकुम्बासीहरुको समस्या जस्ता त्यस्तै रहेको कञ्चनरुप नगरपालिकाका दलित अगुवा एवं भुमिहिन तथा सुकुम्बासी सघर्ष समितिका अध्यक्ष मनु पासवानले बताए ।

यसै सन्दर्भमा राष्ट्रिय भुमि आयोगले २०७९ भदौ १ गते भुमिहिन दलित भुमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई स्थानीय तह मार्फत निवेदन दिने सम्वन्धी ३५ दिने सुचना जारी गरि नगरपालिकालाई पत्राचार समेत गरी सकेको अवस्थामा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख,उप–प्रमुख,प्रमुख प्रशासकिय अधिकृत लगायतका जनप्रतिनिधीहरुलाई सुचना र दलित भुमिहिन सुकुम्वासीहरुका समस्या प्रति अनभिज्ञ देखाएका छन् ।

नेपाल उत्पीडित जातिय मुक्ति समाज कञ्चनरुपका अध्यक्ष जगदेव सदाले कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्तालाई ९ वुदैं ज्ञापन पत्र बुझाउदैं ।

हाम्रो मागलाई बेवास्ता गरे कञ्चनरुप नगरपालिकाका सम्पूर्ण दलित,भुमिहिन,सुकुम्वासीहरुले चरणबद्ध आन्दोलन गर्ने अटेर गरेमा नगरपालिकामा तालावन्दी सम्म गर्ने वाध्य हुने समाज अध्यक्ष सदाले बताए ।

नेपाल उत्पीडित जातिय मुक्ति समाजले राष्ट्रिय भुमि आयोगले तोकेको समय सिमा भित्र नै सम्पूर्ण भुमिहिन,सुकुम्वासीहरुको लगत संकलन गर्ने गरी अविलम्व प्रक्रिया एवं काम गर्न ,कञ्चनरुप नगरपालिकाका सुकुम्बासी एवं भुमिहिनहरुले सुकुम्वासी भुमिहिनलाई जग्गा र लालपुर्जा वितरण गर्नु पर्ने,२०७२ को सविधान कार्यान्वयन गर्नुपर्ने,र वर्षौदेखि जोतभोग तथा वसोवास गर्दै आइरहेको भुमि अधिकारबाट वञ्चित वर्ग वा समुदायहरुको यथाशिघ्र सुरक्षित अवासको व्यवस्था गरिनुपर्ने लगायतका विभिन्न जायज माग राख्दैं ९ वुदे माग राख्दै कञ्चनरुप नगरपालिकालाई ज्ञापन पत्र बुझाएको हो ।


प्रतिक्रिया दिनुहोस् ।