img

मतदान केन्दलाई टुक्राएर बल्थीलाई थप मतदान केन्द्र बनाउन माग


अपुर्व सम्वददाता, राजविराज ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ मा थप मतदान केन्द्रको माग स्थानीयले गरेका छन । महादेवा गाउँपालिका वडा नं. स्थित १ नर बहादुर थापा जनता माध्यमिक विघालयमा रहेको मतदान केन्दलाई टुक्राएर राष्ट्रिय प्राथमिक विघालय बल्थीलाई थप मतदान केन्द्र बनाउन स्थानीय पुर्व गाविस उपाध्यक्ष मो.मुस्लिमले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र जिल्ला निर्वाचनका प्रमुख रमेश कुमार जोशीलाई जानकारी गराए ।

राष्ट्रिय प्राथमिक विघालय बल्थीमा मतदान केन्द्र गर्दै

सो महादेवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष जयश्वर किशोर दासले निर्माधिण स्वास्थ्य चौकी पकरीमा समेत मतदान केन्द्र बनाउन लागेको बताए । धाम,पानीको बैलामा निर्माधिण स्वास्थ्य चौकी पकरी मतदान केन्द्र औत लाग्ने नभएकोले सो ठाउँ उपयुक्त नरहेको उनले जिकिर गरे । राष्ट्रिय प्राथमिक विघालय बल्थीमा मतदान केन्द्रमा औत लाग्ने प्रायाप्त ठाउँ रहेकोले र बल्थीका एक हजार भन्दा वढी मतदाता रहेको दावी स्थानीय बोवालाल यादवले बताए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी गौतम र जिल्ला निर्वाचनका प्रमुख जोशीले प्रतिनिधीलाई यसको जानकारी सम्बन्धि निकायमा जाहेर गर्ने बताए । सो प्रतिनिधि मण्डलमा पुर्व गाविस उपाध्यक्ष मो.मुस्लि,मो.गणी,बोवालाल यादव, ,राधेश्याम यादव,मो.दाउद, बिशेश्वर यादव,बिनोद कुमार यादव, मो.डोमन लगायतको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस् ।