img

मधेश प्रदेशका मन्त्रीद्वयले गरे यातायात व्यवस्था सेवा कार्यालय राजविराजमा उद्घाटन


अपुर्व न्यूज सम्वददाता ।
कञ्चनपुर, ३१ साउन । सप्तरीको राजविराज नगरपालिका ९ स्थित मघेश प्रदेशका मन्त्रीद्वयले यातायात व्यवस्था सेवा कार्यालय उद्घाटन गरेका छन् ।

सो कार्यालय मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले एक समारोहका बीच मंगलबार यातायात व्यवस्था कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

राजविराजमा यातायात कार्यालय उद्घाटन पश्चात सम्बोधन गर्दै मधेश प्रदेश सरकारका प्रवक्ता एवम् अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह

मन्त्रीद्वयले संयुक्त रुपमा कार्यालायको साईनबोर्ड अनावरण गर्दै यातायात व्यवस्था कार्यालय राजविराजको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री यादवले कर्मचारीहरुलाई सुशासनसहितको छिटो छरितो,सरल, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरे । देशैभरका यातायात कार्यालयबाट सेवाग्राहीहरु अझै सन्तुष्ट हुनसकेको छैन, मन्त्री यादवले भने, यातायात कार्यालयबाट सेवा लिदा अतिरिक्त शुल्क बुझाउनुपर्ने सेवाग्राहीबाट हामीले पनि गुनासो सुनेका छौं ।

मधेश प्रदेश सरकारका प्रवक्ता एवम् अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराजमा यातायात कार्यालय संचालनमा आउनु सप्तरीबासीका लागि ठूलो उपलब्धि भएको बताए । कार्यालयका लागि जग्गा उपलब्ध गराउन आग्रह गर्दै मन्त्री साहले भवन निर्माणमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारबाट उपलब्ध गराउन तत्पर रहेको बताए ।

मन्त्री साहले विगतको तुलनामा सप्तरीमा स्वास्थ्य, शिक्षा, यातायातको क्षेत्रमा विकासले गति लिएको बताउँदै मन्त्री साहले व्यवस्था परिवर्तन भएपनि जनताको अबस्थामा परिवर्तन आउन नसकेको उल्लेख गरे । उनले सामाजिक परिबर्तन विना विकासको अनुभूती हुन नसक्ने बताए ।

मन्त्री साहले यातायात कार्यालय राजविराजमा ल्याउन सप्तरीका सबै राजनैतिक दल, संचारकर्मी, उद्योगी व्यवसायीहरुको अहम् भूमिका रहेको भन्दै प्रशंसा समेत गरे ।

मधेश प्रदेशका मन्त्रीद्वयले गरे यातायात व्यवस्था सेवा कार्यालय राजविराजमा उद्घाटन गर्दै

मधेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दिपक कुमार दासको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला समवन्य समिति सप्तरीका उपप्रमुख शम्भु कुमार यादव, सप्तरी उद्योग वाणिज्य संघ राजविराजका अध्यक्ष लालु प्रसाद अग्रवाल, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान लगायतकाले यातायात कार्यालयको सफलताको शुभकामना व्यक्त गरे ।

उक्त यातायात व्यवस्था सेवा कार्यालय राजविराजबाट लाइसेन्स नवीकरण, व्लुबुक नवीकरण, सवारी दर्ता, रोड प्रमिड लगायतका सेवा उपलब्ध गरिने जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस् ।