img

कञ्चनरुपमा दिनहुँ चाेरी ,स्थानीयबासी त्रास


कञ्चनरुप, १० श्रावण । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगरमा दिनहुँ चोरी हुँन थालेपछि स्थानीयहरु डरत्रासमा सुत्न बाध्य भएका छन् ।
सोमबार राती कञ्चनरुप–१२, सितापुरकी सीता कार्कीको एउटा मोबाइल, कुजराहीका समसुद्धिन मियाँको एउटा मोबाइल चोरले चोरेर लगेको पिडितले बताएका छन् । त्यसैगरी आइतबार रातीको समयमा चर्खियाका मदनी खाँको नगद रु २ लाख ५० हजार, रेडमी मोबाइल एउटा, ओपो मोबाइल एउटा, मो. दिलसादको एउटा मोबाइल, तीन घरेका राजनारायण श्रेष्ठको नगद २० हजार ७ सय र एउटा मोबाइल र मो. इजराइल मियाँको एउटा मोबाइल र विदेशी टर्च १ थान चोरले चोरेर लगेको पिडित मदनी खाँले बताए ।
सोमबार मदनी खाँ, मो. दिलसाद, राजनारायण श्रेष्ठ, इजराइल मियाँ सहित चार जनाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा चोरी भएको सामान सहितको विवरण लेखी सामूहिक रुपमा निवेदन दिँदा समेत आलसम्म त्यसको बारेमा कुनै सुनुवाई नभएकोमा दुखेसो पोख्दछन् पिडित मदनि खाँ । जब रात पर्छ हामी डरत्रासमा सुत्न बाध्य हुन्छौँ खाँले भने ।
गाउँमा हो हल्ला भयो कि चोर आयो भन्ने डरत्रास हुने सीता कार्की बताउँछिन् । चोरी हुने क्षेत्रमा प्रहरीको गस्ती हुन अतिनै आवश्यक रहेको स्थानीयको भनाइ रहेको छ । त्यस्तै एनुल मियाँ लगायत ४–५ जनाको घरमा समेत चोर पसेको र केही लान नपाएको स्थानियहरुले बताए ।


प्रतिक्रिया दिनुहोस् ।