कञ्चनपुर,२८ पुष । कञ्चनरुप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताले यस नगर भित्र सहकारीको माध्यमबाट जनतालाई विभिन्न सेवा प्रवाह गर्दै आएका दुई चर्चित सहकारीलाई मर्ज भएर अगाडी बढन सुझाब दिएका छन ।

शुक्रबार अन्नपूर्ण बहुमुखि क्याम्पस कञ्चापुरको प्राङ्गनमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित कञ्चनपुर अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिमिटेड कञ्चनपुरको २५ औं बार्षिक साधारण सभामा नगर प्रमुख गुप्ताले सो कुरा बताएको हो ।
नगर प्रमुख गुप्ताले भने,‘ अन्नपुर्ण अन्नको भण्डार तथा सहयोगीको हात अर्थात कञ्चनरुप नगरपालिका वडा नं. ८ अन्र्तगत रहेका अन्नपुर्ण बहुमुखी सहकारी संस्था लिमिटेड र सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड एक आपसमा मर्ज भई सेवा प्रदान गरियो भन्ने अझ प्रभावकारी एवम् बलियो उदाहरणीय हुने बताए ।
उक्त साधारण सभालाई प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै नगर प्रमुख गुप्ताले कुने पनि संस्थामा व्यक्तिले स्वार्थ भावनाले चलियो भने छनिक मात्र लाभ हुने पछि धारासाही हुने बताउदैं भने कुनै पनि कार्य गर्न सकारात्मक सोचका साथ सहमती,सहकार्य छलफल माध्यमबाट अगाढी बढन आग्रह गरे । यस नगर भित्र ६३ वटा सहकारी रहेको र त्यस भित्र धेरै संख्यामा झोले सहकारीहरु रहेकोले उक्त संस्थाहरुलाई नगरपालिकाले नजिकबाट देखि रहेको छ ।’

उक्त साधारण सभामा कञ्चनरुप नगरपालिकाकी उप नगर प्रमुख मुना कुमारी पोखरेलले सहकारीमा कमाउने र गुमाउने पनि शेयरधनीहरुको हातमा हुन्छ । तन,मन र धनले सहकारीको कार्यमा लागे सहकारी उचाईमा पुग्ने बताईन् ।
कार्यक्रममा अवलोकित दैनिकका प्रकाशक/सम्पादक भोला पासवानले नगर भित्र कति सहकारी छ,कति सहकारी तोकिएको समयमा साधरणसभा गर्दछ, कतिसहकारीले लेखा परीक्षण गर्छ । सम्पादक पासवानले,भने नगरभित्र कतिपय सहकारीमाथि मुद्दा चलिरहेको र अझै कतिपयले बचतकर्ताहरुको फिर्ता गर्न अनाकानी गरीरहेकोले त्यस गम्भिर हुन आग्रह गरेका छन ।

सो साधारणसभामा संस्थाका अध्यक्ष सुदम्बर यादवले सहकारीले २५ औं साधारणसभा अबसरमा सबै शेयर सदस्य,सञ्चालक समिति,बचतकर्ता,ऋणीहरु,बजारप्रतिनिधि र सेवाग्राहीलाई धन्यवाद दिएका थिए । अध्यक्ष यादवले भने,‘ सहकारीको आपनै जग्गामा दुई तल्ले भवन निमार्ण कार्य सम्पन्न गरेको छ । कार्यक्रममा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अनोज कुमार यादवले सूर्यले शेयर सदस्यले सहकारीलाई र सहकारीले शेयर सदस्यलाई बराबरी एकसाथ हेर्नुपर्ने बताए ।

कार्यक्रममा संचालक समिति सदस्य संजय स्वर्णकार,महेन्द्र यादव,संस्थापक दिलिप कुमार चौधरी,जसपाका युवा नेता तथा कञ्चनरुप ८ का प्रत्याशी उमेदवार रामेश्वर यादव,कञ्चनरुप नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जोगेन्द्र पासवान,कञ्चनरुप ८ का वडा अध्यक्ष कृष्ण प्रसाद साह लगायतल मनत्वय व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिमिटेडका लेखा समिति संयोजक विजयकृष्ण राहीले लेखा प्रतिवेदन र व्यवस्थापक आनन्द प्रसाद गुप्ताले लेखा २०७९/०८०को आय व्यय र अगामी आर्थिक बर्षको कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाले २०७९/०८०मा १८ लाख ४८ हजार सुद्ध नाफा गरेको व्यस्थापक गुप्ताले जनाएका थिए । सो २५ औ साधारणसभाको अबसरमा सहकारीले असल बचतकर्ता ,कञ्चनरुप न.पा.८ का अघना पासवान, श्यामसुन्दर रौनियार र वडा न.पा. १० का चन्द्रनाराययण यादव तथा असल ऋणीको रुपमा महिनारायण चौधरी,वडा नं. ११ का कपलेश्वर राउत,हनुमान कंकालनी नगरपालिका वडा नं.३ का प्रोताहाका जितु मण्डललाई सम्मान एवम् कदर पत्र प्रदान गरिएका थिए ।

सो कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्यता तथा अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष सुदम्वर यादवको अध्यक्षतामा उक्त संस्थाको २५ औ साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा अन्नपूर्ण बहुमुखि सहकारी संस्था लिमिटेडका संस्थापक उपाध्यक्ष शत्रुघन यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन चितरन्जन यादवले गरेको थिए ।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...