img

कोशी नदीमा नुहाउन गएका तीन बालिकाको डुबेर मृत्यु


कञ्चनपुर, १९ कार्तिक । सप्तरीको कञ्चनरुप नगरपालिका-४, गमहरियामा दुःखद दुर्घटना भएको हो।

करिब १२ बजे नुहाउन गएका तीन बालिका कोशी नदीको वहावमा बगेर डुबेका छन्।

दुई जनाको शव फेला परिसकेको छ भने एक बालिकाको खोजी कार्य जारी रहेको  इलाका प्रहरी कार्यालय,कञ्चनपुरले जनाएको हाे ।

स्थानीय अनुसार, बालिकाहरू केराको थाम समातेको अवस्थामा खेलिरहेका थिए। अचानक आएको ठूलो पानीको वहावले उनीहरूलाई बगाएको थियो। मृतक बालिकाहरूमा ९ वर्षीया प्रतिभा महतो, ७ वर्षीया जितनी सदा र ८ वर्षीया काजल खङ्ग रहेका छन्। प्रतिभा श्रवण महतोकी छोरी हुन्, जितनी सुरेश सदाकी छोरी हुन् भने काजल श्याम कुमार खङ्गकी छोरी हुन्।

घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरीले उद्धार कार्य थालेका थिए। हाल दुई बालिकाको शव निकालिएको छ भने एक बालिका अझै बेपत्ता छिन्। यस घटनाले गाउँमा शोकको छाया फैलिएको छ र स्थानीयहरू पनि खोजी कार्यमा सक्रिय रूपमा संलग्न भएका छन्।


प्रतिक्रिया दिनुहोस् ।