img

सप्तरीमा पोखरीमा भेटियो युवकको शव


१३ असोज, जनकपुरधाम । सप्तरीको खडक नगरपालिका–११ बनौलीको एक पोखरीमा युवकको शव भेटिएको छ । अन्दाजी २० वर्षका युवकको शव बोराभित्र भेटिएको प्रहरीले जनाएको छ ।

कृष्ण अष्टमीको दिन मेला हेर्न घरबाट हिँडेका स्थानीय २० वर्षीय मोहम्मद अजिम घर फर्केका छैनन् । उनको परिवारजनको अनुरोधमा प्रहरीले खोजतलास गर्दै आएको थियो । तर फेला नपरेपछि प्रहरीले हत्या आशंकामा स्थानीय तीनवटा पोखरीमा खोजी गरेको थियो ।

शनिबार बिहानै घर नजिकको पोखरीमा शव हुन सक्ने भन्ने आशंकामा जाल फालेर खोजबिन गर्दा एउटा पोखरीमा दुईवटा बोरामा शव भेटिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जनानकारी दिए ।

उनका अनुसार दुईवटा प्लास्टिकको बोराभित्र सडेगलेको अवस्थामा भेटिएको हो । ‘एउटा कम्बलसहित टाउकोको भाग र शरीरको भाग भेटिएको छ । सडेगलेकाले हराएकै युवकको हुन भनेर कन्फर्म भन्न सकिने अवस्था छैन’, डीएसपी न्यौपानेले भने । साभार ः अनलाइन खबर डटकम

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780