img

कञ्चनरुप–२ मा वडा कार्यालय भवन निर्माणका लागि समाजसेवी श्यामसुन्दर गुप्ताद्वारा जग्गा दान

कञ्चनरूप नगरपालिका वडा नं. २ को कार्यालय भवन निर्माणका लागि समाजसेवी एवम् जग्गादाता श्यामसुन्दर गुप्तालाइ नगर प्रमुख ललन प्रसाद गुप्ता र वडा अध्यक्ष मेहदी हुसेनले संयुक्त रुपमा सम्मान गर्दै ।

अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर (सप्तरी), ३० वैशाख । कञ्चनरुप नगरपालिका–२ मा वडा कार्यालय भवन निर्माणका लागि समाजसेवी श्यामसुन्दर गुप्ताद्वारा एक कठा दुई धुर जग्गादान गरिएको हो ।
मंगलवार वडा नं. २ स्थित भगवती मन्दिर प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच वडा कार्यालय बन्ने जग्गा टुंगो लाग्नुका साथै निर्माण गर्ने बाटो खुलेको हो ।

सो विशेष समारोहमा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्तासहित नगरबासी, बुद्धिजीवी तथा स्थानीयबासीहरूको उपस्थिति ।
सो विशेष समारोहमा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्तासहित जनप्रतिनिधि, नगरबासी, बुद्धिजीवी तथा स्थानीयबासीहरूको उपस्थिति ।

सो विशेष समारोहमा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता, वडा नं. २ का अध्यक्ष मेहदी हुसेन, वडा सदस्यहरू, पूर्व सांसद सरिता गिरि, विभिन्न समाजसेवी, बुद्धिजीवी तथा स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रममा नगरप्रमुख गुप्ताले यो सहमति नगरको विकास र जनसेवाको विस्तारतर्फको महत्वपूर्ण पाइला भएको बताएको हो ।
सो अवसरमा कञ्चनरुप नगरपालिका–८ का स्थायी निवासी एवम् समाजसेवी श्यामसुन्दर प्रसाद गुप्ताले वडा नं. २ को कार्यालय भवन निर्माणका लागि एक कठा दुई धुर जग्गा निःशुल्क दान दिएका हो् । समाजसेवी गुप्ताको यो कदमलाई नगर विकासमा गरिएको अद्वितीय योगदानका रूपमा लिइएको हो ।

कञ्चनरूप नगरप्रमुख ललन गुप्ताले जग्गादाता एवम् समाजसेवी श्यामसुन्दर गुप्ता र उनका छोरा इन्जिनियर सञ्जय प्रसाद गुप्तालाई नगरपालिकाको तर्फबाट विशेष धन्यवाद ज्ञापन गर्दै नगर प्रमुख गुप्ताले भने, “नगरको विकासमा नागरिकको यस्तो योगदान प्रेरणादायक छ ।

अब वडा नं. २ को आफ्नै भवनमा सेवा प्रवाह हुनेछ भन्ने कुराले नगरवासीमा उत्साह भएको हो ।” नगर प्रमुख गुप्ताले समाजसेवी गुप्ताको योगदान बारे खुलेर प्रशंसा गरेको हो ्।
सो नगर प्रमुख गुप्ताको विगत लामो समयदेखि वडा कार्यालयको आफ्नै भवन नभएर सेवा प्रवाह असहज भइरहेकै बेला भवन निमार्ण कार्यका लागि जग्गादान भएको हो । नगर प्रमुख गुप्ताले आफूले नेतृत्व सम्हालेयता वडा नं. २ मा स्थायी कार्यालय भवनको आवश्यकतालाई प्राथमिकतामा राख्दै निरन्तर पहल गरिरहेको बताएको हो ।
समारोहमा बोल्दै पूर्व सांसद सरिता गिरिले स्थानीय विकासमा नागरिक र सरकारबीचको सहकार्यले मात्र दिगो समाधान सम्भव हुने बताइन् ।

कञ्चनरुप नगरपालिका–२ का वडाध्यक्ष मेहदी हुसेनले समेत भवन निर्माणका लागि आवश्यक प्रक्रिया छिट्टै अघि बढाइने जानकारी दिए। “भवन निर्माणका लागि नगरपालिका र स्थानीयवासीबीच सहकार्य गरी योजना अगाडि बढाइनेछ,” उनले प्रतिवद्धता जनाएको हो ।

यस महत्वपूर्ण वडा कार्यालय भवन निमार्ण लागि जग्गादान सहमतिले अब निकट भविष्यमै कञ्चनरुप नगरपालिका–२ का जनताले सुविधा सम्पन्न वडा कार्यालयमा सेवा लिन सक्नेछन् भन्ने विश्वास व्यक्त गरिएको हो ।


प्रतिक्रिया दिनुहोस् ।