दिपेन्द्र पासवान
कुशाहा(सप्तरी), १७ वैशाख । “हरवा चरवा लगायत अन्य कृषि श्रमिक एक हौं, नारा लगाउदैं विभिन्न संघ संस्थाहरुले १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सुरुङ्गा नगरपालिकामा भव्य कार्यक्रम सम्पन्न गरिएको हो ।
विहिबार द फ्रिडम फण्डको सहयोगमा जनचेतना दलित संगम सप्तरी र जिल्ला हरवा चरवा अधिकार मञ्च सप्तरीको संयुक्त “हरवा चरवा लगायत अन्य कृषि श्रमिक एक हौं, पुर्नस्थापना गर, दलितमाथि हुने हत्या र हिंसाका दोषीलाई कारबाही गर, सुरक्षित बसोवासको ग्यारेन्टी गर” जस्ता नारासहित सुरुङ्गा नपा–४ कनकपुरदेखि कदमाहा हुँदै नगर कार्यालयसम्म ¥याली निकालिएको हो । ¥यालीपछि कार्यपालिका सदस्य हिरा कुमारी चौधरीलाई स्मरणपत्र बुझाइयो ।
स्मरणपत्रमा दलित तथा हरवा चरवामाथि हुने उत्पीडनको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही, उठीवास गरिएका घरको पुनस्र्थापना, सुरक्षित बसोवासको सुनिश्चितता, भूमिहीनहरूलाइ जमिनको व्यवस्था, र हरवा चरवाको विस्तृत कार्ययोजना प्रदेश मन्त्रिपरिषदबाट पारित गर्नुपर्ने माग राखिएको हो ।
उक्त कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटमा हरवा चरवाको लगत संकलनका लागि आवश्यक बजेट विनियोजन गर्न ध्यानाकर्षण गराइएको जनचेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र रामले जानकारी दिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि डा. कृष्ण पौडेलले “८ घण्टा काम, ८ घण्टा विश्राम, ८ घण्टा व्यक्तिगत जीवन“ भन्ने नारालाई स्मरण गराउँदै जैविक कृषि, बीउ संरक्षण र विषादी नियन्त्रणबारे चेतना जगाउनुपर्नेमा जोड दिएको हो ।
सो कार्यक्रम जनचेतना दलित संगमका सप्तरीका अध्यक्ष राम लखन रामको अध्यक्षता र प्रेम विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा डा. सुजाता तामाङ, दर्शन मण्डल, कृष्ण गुरुङ, कविता देवी महतो, शोभिता देवी राम, ओमप्रकाश राम, मणीलाल विश्वकर्मा, शोभित राम, चन्देश्वरी देवी सदा लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति थियो। कार्यक्रममा स्थानीय दलित, हरवा चरवा र भूमिहीन समुदायका प्रतिनिधिसहित झन्डै २ सय जना भन्दा बढीको सहभागिता दिएको हो ।