जलेश्वर(महोत्तरी) १५ असोज । महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जयकुमार साहले भने,– जलेश्वर नगरपालिका गठित स्थानीय जातिय विभेद तथा अनुगमन छुवाछुत समितिले दलित समुदायको विकास उत्थान कार्य गर्ने बताए ।
मंगलबार जलेश्वर नगरपालिकाको सभाहलमा युएसएआईडी नेपालको आर्थिक सहयोगमा द एसिया फाउन्डेसनले कार्यन्वयन गरेको युएसएआईडी नागरिक समाज र सञ्चार परियोजना तथा दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजना अन्तर्गत “दलित सशक्तिकरण ऐन २०७६ अनुरुप”स्थानीय तहमा हुने जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा सो कुरा बताएको हो ।
सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत साहले,–भने दलित समुदायको हक अधिकारको संरक्षण, विकास, र उत्थानका लागि बजेट विनियोजन गरी कार्ययोजना कार्यक्रम सञ्चालन गर्ने बताए ।
सो छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा वृहत छलफलद्धारा जलेश्वर नगरपालिकाका दलित कार्यपालिका सदस्य सुदामा देवीको संयोजकत्वमा ९ सदस्यीय स्थानीय तहमा हुने जातीय तथा छुवाछूत अनुगमन समिति गठन भएको हो । सो समितिमा सदस्यहरुमा राजनैतिक दलबाट रामएकवाल खत्वे,रामस्वरुप महरा,रमेश पासवान किशोर पासवान,बिक्कु पासवान र जलेश्वर नगरपालिकाका सामाजिक विकाश शाखा अधिकृत विश्वनाथ यादव रहेका छन । सो समितिमा दलित अधिकारको क्षेत्रमा कार्य गर्दै आएका दलित समुदायबाट एक जना पुरुष र एक जना महिलालाई नगरपालिकाको बोर्ड बैठकबाट निर्णय गरि समावेश गरिने प्रमुख प्रशासकिय अधिकृत साहले बताए ।
उक्त समिति गठन कार्यक्रममा जलेश्वर नगरपालिकाका जनप्रतिनिधि,राजनैतिक दलका दलित प्रतिनिधिहरु लगायतका वक्ताहरुले भने,–समितिलाई विभिन्न कार्यक्रम तथा दलित समुदायमा जिविकोपार्जजन एवम् प्रत्यक्षरुपमा लाभ हुने कार्य गर्नुपर्नेमा जाेड दिएका छन ।
सो समिति गठन कार्यक्रममा दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यक्रम अधिकृत अजेन्द्र कुमार दासले समिति गठन कार्यक्रम तथा परियोजनाको उदेश्यबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार महासंघ धनुषा अध्यक्ष कुलदीप दाससमेत उपस्थितीमा उक्त समिति गठन भएको हो ।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...