कञ्चनपुर, ३० बैशाख । बाँतर सरदार समाजद्वारा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ५ पडेमराका आगलागी पीडितहरुलाई एक कार्यक्रमका बीच शनिबार राहत सामग्री बितरण गरेको हो ।
सो पडेमराका आगलागि पीडितलाई नेपाल बाँतर सरदार समाज कल्याणकारी सप्तरी र नेपाल बाँतर सरदार समाज उत्थान केन्द्र सप्तरीले संयुक्तमा एक कार्यक्रमका बीच राहत सामग्री बितरण गरेको हो ।
मधेस प्रदेशको दलित बिकास समितिको सदस्य समेत रहेका नेपाल सरदार बाँतर समाज उत्थान केन्द्रका केन्द्रिय अध्यक्ष श्यामसुन्दर सरदारले,– पडेमरा बस्तिमा पटक पटक आगलागिको घटना घटदैं आएकोले सचेत रहन पडेमराबासीलाई आग्रह गरेको हो ।

सप्तरीका बाँतर सरदार समुदायका युवा तथा पदाधिकारीहरुको अगुवामा रकम संकलन गरेर आगलागि पीडितहरुलाई भाँडाकुँडाहरु बितरण गरेको नेपाल बाँतर सरदार समाज उत्थान केन्द्रका केन्द्रिय कार्यावाहक अध्यक्ष श्यामसुन्दर सरदारले बताएको हो ।
उक्त १६ अग्निपीडित परिवारलाई खाना पकाउने भाडो एक थान, कराइ एक थान , आरि एक थान , डोल एक थान ,जग एक थान , डाडु एक थान, पन्यु एक थान ,गिलास दुई थान , थाल तिन थान , बेल्ना चक्ला एक थान,चुलेसी एक थान, रहि एक थान प्रदान गरेको नेपाल बाँतर सरदार समाज उत्थान केन्द्रका केन्द्रिय कार्यावाहक अध्यक्ष सरदारले बताएको हो ।