img

नेपाल मगर संघ कञ्चनपुर ईकाइ समितिले विविध कार्यक्रम गरी नेपाल मगर दिवस मनाए ।


कञ्चनपुर,१५ फागुन । नेपाल मगर संघ कञ्चनपुर ईकाइ समितिले “मगरात सम्यता सहितको समृद्ध समाज”मुल नाराका साथ आज ४२औँ नेपाल मगर एकता दिवस विविध कार्यक्रम गरी मनाएको हो ।

मगर दिवसको अबसरमा नेपाल मगर संघ कञ्चनपुर ईकाइ समितिका अध्यक्ष भोला थापा मगर आपनो सान्दर्भिक मन्त्य वक्त गर्दै ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित नेपाल मगर संघ कञ्चनपुर ईकाइ समितिले आज कञ्चनपुरको मगर बस्तिबाट प्याली कञ्चनपुर बेरियर हुदै कोण सभामा परिणत भएको हो । सो दिवसको अबसरमा नेपाल मगर संघ कञ्चनपुर ईकाइ समितिका अध्यक्ष भोला थापा मगरले भने, ‘ यस दिवसले मगर समुदायको इतिहास,भाषा,संस्कृति संरक्षण–सम्वद्र्धन मगरहरुको मुल मन्त्रसहित रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका रहेको बताए ।’

मगर दिवसको अबसरमा नेपाल मगर संघ कञ्चनपुर ईकाइ समितिका मगर महिला आपनो पहिरण झल्काउर्दै।

सोही अबसरमा नेपाल मगर संघ कञ्चनपुर ईकाइ समितिका सत्यनारायण थापा मगरले,‘भने मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर नेपाल मगर सङ्घ स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको हो ।

सो कार्यक्रममा मगर महिलाहरुले मगर समुदायको पहिरण,संस्कतिको पहचान लगायत झांकी प्रदर्शनसमेत गरिएको थिइन् । विभिन्न कारणले लोपोन्मुखरूपमा रहेको मगर समुदायमा लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्षको यो यो दिवस मनाउदै आएको हो ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780