img

सप्तरीमा दलित बालिका बलात्कृत, आराेपी र मिल्न दबाब दिनेविरुद्ध उजुरी


राजविराज,११ असाेज ।  सप्तरीमा एक किशोरीमाथि बलात्कार भएको छ। गत ३ असोजको बुधबार राति १६ वर्षीया दलित किशोरीमाथि सप्तरीको डाक्नेश्वरी नगरपालिका– ३ का २४ वर्षीय महेशकुमार साहले बलात्कार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साहले आफ्नै घरअगाडि रहेको गुहालीमा लगेर ती किशोरीलाई बलात्कार गरेका थिए। बलात्कार आरोपी साहसहित मिल्न दबाब दिने सोही वडाका अर्का एक व्यक्तिविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ।

घटनाका आरोपित दुईजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए। डिएसपी न्यौपानेले भने, ‘दुवैजनालाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ।’  सभार ः नयाँ पत्रिका दैनिक


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780