img

बहड्खेरको अध्यक्षतमा १३ सदस्यीय नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन


अपुर्व न्युज सम्वददाता
कञ्चनपुर, २४साउन ।

अरुण कुमार बहड्खेरको अध्यक्षतमा १३ सदस्य नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन मालपोत इकाई कञ्चनपुर कार्यसमिति चयन गरेको छ ।
नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन मालपोत इकाई समिति कञ्चनपुरको गत शनिबार सम्पन्न तेश्रो साधरणसभाले चयनको कार्यसमितिको उपाध्यक्षमा देवयन्ती कुमारी साह,सचिवमा बोधराज पोखरेल,सहसचिवमा पर्शराम साह,कोषाध्यक्षमा केशो दास,सहसचिवमा हरेराम यादबलाई चयन गरेको छ ।
समितिका सदस्यहरुमा पारस यादब,रामऔतार यादब,सियाराम ठाकुर,भोला यादब,दुण्डीराज पोखरेल,भोला यादव र मोहम्मद सलम शेख रहेका छन् ।
नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको केन्द्रिय सदस्य एवं प्रदेश सचिव जय नारायण देवको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व अरुणकुमार बहड्खेरले गरेको थियो ।

 

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।