img

सूचनाको हकलाई सफल बनाउन सम्पूर्ण निकाय र नागरिक एकसाथ अघि बढ्नुपर्छ : सरकारका प्रवक्ता एवम् गृहमन्त्री लेखी


राजकुमार पासवान ।
बर्दिबास, ३ भदौ । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता राजकुमार लेखीले राष्ट्रसेवक कर्मचारीदेखि सुरक्षा निकाय, राजनीतिक दल, गैरसरकारी संस्था तथा आम नागरिकसम्म सबैले जिम्मेवार भएर अघि बढे मात्र सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुने बताएको हाे ।

सूचनाको हक कार्यान्वयनको अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम उद्वघाटन गर्दै गृहमन्त्री राजकुमार लेखी ।

मंगलबार बर्दिबासमा गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको ‘सूचनाको हक कार्यान्वयनको अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ मा मन्त्री लेखीले भने, “केवल जनप्रतिनिधि वा केही निकाय जिम्मेवार भएर मात्र परिणाम हासिल हुँदैन।
सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाको सक्रिय जिम्मेवारी आवश्यक रहेको बताएका छन्।

कानुनी प्रावधान मात्रले परिणाम दिँदैन, सबैको इमानदार सहभागिता चाहिन्छ : गृहमन्त्री लेखी

वहाँले थपे, समाजका सबै क्षेत्र, राज्यका सबै निकाय र संवैधानिक अंगहरूले आफ्नो कर्तव्य पूर्ण जिम्मेवारीका साथ निर्वाह नगरेसम्म कानुनी प्रावधान मात्रले अपेक्षित नतिजा दिन नसक्ने स्पष्ट पारे।
साे कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्का, मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सरेश यादव, चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डका अध्यक्ष किशोरकुमार लेखी, प्राधिकरण तथा काउन्सिलका सदस्य मन्नु पासमान, रिन्कु मिश्र, बन्दना झा र ज्योति झा लगायतको सहभागिता रहेको थियो।

सबै सरोकारवालाको जिम्मेवारीबिना सूचनाको हक कार्यान्वयन सम्भव छैन 

साे कार्यक्रमको अवसरमा अध्यक्ष खड्का र कार्यवाहक अध्यक्ष यादवले सूचनाको हक कार्यान्वयनबारे तयार गरिएको कार्यपत्र पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा मधेश प्रदेशका विभिन्न मन्त्रालय र मातहतका निकायका सूचना अधिकारी तथा सञ्चारकर्मीहरूको पनि उल्लेखनीय सहभागिता देखिएको थियो


प्रतिक्रिया दिनुहोस् ।