img

चार्जिङ मेसिन जडान प्रकरण : १ लाख ४० हजार घूस लिँदै विद्युत प्राधिकरणका प्रमुख रंगेहात पक्राउ


राजकुमार पासवान ।
कञ्चनपुर (सप्तरी) । सप्तरी नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका एक केन्द्र प्रमुख घूससहित पक्राउ परेका छन्।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१भारदहस्थित एक होटलबाट कञ्चनरुप नगरपालिकामा रहेको नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासलाई नियन्त्रणमा लिइएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित टोलीले सोमबार साँझ उनलाई पक्राउ गरेको जनाएको छ। विद्युतीय सवारीसाधनका लागि चार्जिङ मेसिन जडान गरिदिने बहानामा सेवाग्राहीसँग रु १ लाख ४० हजार घूस लिइरहेको अवस्थामा दासलाई रंगेहात पक्राउ गरिएको स्रोतले जनाएको छ।
पक्राउ परेका दासमाथि आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।


प्रतिक्रिया दिनुहोस् ।