img

पर्याप्त जमिन हुँदाहुँदै सिँचाइ, मल, बीउ र सहुलियत ऋण अभावले किसान संकटमा, जलवायु परिवर्तनले जोखिम बढायो : खगेन्द्र कर्ण


कञ्चनपुर (सप्तरी) । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता तथा समानुपातिक सांसद खगेन्द्र कर्णले सप्तरीका किसानहरूले भोगिरहेका विभिन्न समस्याहरू उठाएका छन्।

सांसद खगेन्द्र कर्ण आज संसदमन किसानका समस्याहरु राख्दै साे सांसद कर्णले कृषिमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि व्यवस्थापन र प्रभावकारी कार्यान्वयनको कमीका कारण किसानहरू पछाडि परेको उल्लेख गरे। उनले भने- सप्तरीमा करिब ६७ हजार २ सय ९१ हेक्टर खेतीयोग्य जमिन रहे पनि त्यसमध्ये ४५ हजार २४ हेक्टर मात्र सिँचाइको पहुँचमा रहेको छ। अझै २२ हजार २ सय ६७ हेक्टर जमिन सिँचाइ सुविधाबाट वञ्चित रहेको उनले बताए।

त्यस्तै सप्तरी क्षेत्र नं.१ मा करिब १७ हजार ९ सय ६२ हेक्टर जमिन कृषकहरूले उपयोग गर्दै आएका छन्। जसमध्ये १३ हजार ५ सय ३ हेक्टर मात्र सिँचित छ भने ४ हजार ४ सय ५९ हेक्टर जमिन अझै सिँचाइको पहुँच बाहिर रहेको तथ्य उनले प्रस्तुत गरेकाे हाे।


सिचाइ सुविधा पुगेको भनिएका क्षेत्रमा समेत आवश्यक समयमा पानी उपलब्ध नहुने समस्या रहेको र अधिकांश किसान अझै आकाशे पानीमा निर्भर रहन बाध्य भएको उनले बताए। जलवायु परिवर्तनका कारण वर्षा अनियमित हुँदा कृषिमा जोखिम थपिँदै गएको उनको भनाइ छ।
यसका साथै समयमै रासायनिक मल उपलब्ध नहुनु, उन्नत जातका बीउको अभाव तथा सहुलियत ऋणमा सीमित पहुँचका कारण किसानहरूको उत्पादन क्षमता प्रभावित भइरहेको उनले औंल्याए।
सांसद कर्णले कृषि क्षेत्रको दीगो विकासका लागि सिँचाइ विस्तार, समयमै मल–बीउ उपलब्धता र किसानमैत्री नीति कार्यान्वयनमा सरकारको ध्यान जानुपर्ने आवश्यकता औंल्याएका छन्।


प्रतिक्रिया दिनुहोस् ।