img

राजविराजमा बिटौरी जग्गाधनीहरूको आन्दोलन, बजार बन्द

लालपुर्जाको माग गर्दै राजविराजका बिटौरी जग्गाधनीहरूको प्रदर्शन ।

अपूर्व न्यूज समाचारदाता ।
राजविराज १८ फागुन । सप्तरीको राजविराजमा बिटौरी तथा ब्लक जग्गाधनीहरूले आइतबार बिहानैदेखि बजार बन्द गरेकाे हो ।
राजविराज नगरपालिकाले नगर स्थापनाको बेला उपलब्ध गराएको जग्गाको लालपुर्जा नपाएको भन्दै उनीहरूले आन्दोलन चर्काएका हुन् ।

बन्द राजविराज
बन्द राजविराज

बन्दका कारण औषधि पसलबाहेक राजविराजका सबै व्यापारिक प्रतिष्ठान ठप्प रहेका छन् । प्रदर्शनकारीहरूले लालपुर्जा वितरण सुनिश्चित गर्न माग गर्दै नगर परिक्रमा गर्दै प्रदर्शन गरेका छन् ।
बन्दकर्ताहरूले नगरका अन्य पूर्वाधार निर्माणको ढिलाइप्रति पनि आपत्ति जनाएका छन् । उनीहरूले व्यवसायिक कम्प्लेक्सको निर्माण तत्काल पूरा गर्न, नयाँ बसपार्क सञ्चालन गर्न, तथा नगरका अपूरा सडक निर्माण कार्य छिटो सम्पन्न गर्न माग गरेका छन् ।
बजार बन्दका कारण सर्वसाधारण मर्कामा परेका छन् भने स्थानीय प्रशासनले वार्तामार्फत समस्या समाधान गर्ने पहल गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस् ।