काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो।
एजेण्डा सार्वजनिक नभई मन्त्रिपरिषद् बैठक बोलाइयो”आकस्मिक क्याबिनेट बैठकले गृहमन्त्रीको कार्यक्रम रहेको हाे ।
साे सरकारले आकस्मिक रूपमा बैठक आह्वान गरे पनि यसको एजेण्डा सार्वजनिक गरिएको छैन। समसामयिक राष्ट्रिय विषय तथा आपतकालीन निर्णयका सन्दर्भमा छलफल हुन सक्ने अनुमान गरिएको हाे।
यसैबीच गृहमन्त्री सुधन गुरुङको आज बिहान काभ्रेको रोशी खोला क्षेत्र भ्रमण गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ। मन्त्रिपरिषद्को बैठक आकस्मिक रूपमा तय भएपछि उनी हालका लागि काठमाडौंमै रोकिएका हुन्।
बैठक सम्पन्न भएपछि मात्रै गृहमन्त्री गुरुङ काभ्रे जाने कार्यक्रम रहेको जनाइएको हाे ।