राजकुमार पासवान ।
कञ्चनपुर(सप्तरी) । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलाई सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पुष्पा कुमारी चौधरीले पत्र लेख्दै मधेश प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्न आवश्यक बजेट विनियोजन गर्न सरकारसँग आग्रह गर्नुभएकी छिन् ।

उहाँले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलाई सांसद चौधरीले पत्र लेख्दै यस विषयमा ध्यानाकर्षण गराउनुभएकी छिन्।
उक्त पत्रमा नेपालको संविधानले शिक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ ले त्यसको कार्यान्वयनका लागि कानुनी आधार प्रदान गरेको बताउनुभएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पाेखरेलाई सांसद चाैधरीले भनिन् ः संविधान र शिक्षा ऐनको व्यवस्था कार्यान्वयनका लागि स्रोत–साधन अभाव मुख्य चुनौती रहेको उनले उल्लेख गरेकी छिन्।
संघीय संरचना कार्यान्वयनपछि पूर्वका अनौपचारिक शिक्षा केन्द्रहरू खारेज भई हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गत अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा र सामुदायिक सिकाइ केन्द्रमार्फत साक्षरता कार्यक्रम सञ्चालन भइरहेको उहाँले उल्लेख गर्नुभएको छ।
हालसम्म देशका ६ वटा प्रदेश पूर्ण साक्षर घोषणा भइसके पनि मधेश प्रदेश अझै उक्त सूचीमा समावेश हुन नसकेको भन्दै सांसद चौधरीले आवश्यक बजेट अभाव नै प्रमुख चुनौती रहेको औंल्याउनुभएको छ।
उहाँले समयमै पर्याप्त स्रोत–साधन उपलब्ध गराइए मधेश प्रदेशलाई पनि छिट्टै पूर्ण साक्षर घोषणा गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ।