अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर,(सप्तरी) १६ पुस । समाज कल्याण परिषद, केन्द्रीय कार्यालय हरिहर भवन पुल्चोक, ललितपुरले सप्तरीकाे कञ्चनरुप नगरपालिका–१०, बदगामाका चित्तरञ्जन यादवलाई राष्ट्रिय अपांग कोषको सदस्य पदमा मनोनीत गरेको हो ।

गत पुस ९ गते बसेको समाज कल्याण परिषदको कार्य सञ्चालन समितिको बैठकले यादवलाई सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो । परिषदका सदस्य सचिव मनोज भट्टका अनुसार कार्य व्यवस्था नियमावली २०५५ को सातौं संशोधनअनुसार रिक्त पदमा मनोनयन गरिएको हो ।
परिषदका सदस्य सचिव भट्टले यादवको कार्यकाल चार वर्षको हुनेछ । परिषदले यादवको कार्यकाललाई सफल र प्रभावकारी बनाउन शुभकामना व्यक्तसमेत गरेका छन । यादवको मनोनयनले राष्ट्रिय अपांग कोषको कार्यक्षमता र सेवामा सुधार हुने अपेक्षा गरिएको हो ।