img

नेपाल लाइफ इन्स्योरेन्स २४ वर्ष पूरा गरी २५औं वर्षमा प्रवेश : कञ्चनपुर शाखामा विशेष कार्यक्रम सम्पन्न


अपूर्व समाचारदाता ।
कञ्चनपुर, २२ बैशाख। नेपालकै प्रतिष्ठित जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आज २४ औं वार्षिक यात्रा पूरा गर्दै २५ औं वर्षमा प्रवेश गरेको अवसरमा कञ्चनपुरको सप्तरीस्थित शाखामा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार कार्यक्रममा शाखा प्रमुख जयकुमार दत्तले जीवन बीमाको महत्त्वबारे प्रकाश पार्दै भने, “जीवन दानका लागि जीवन बीमा अपरिहार्य छ।

बीमाले नागरिकलाई स्वास्थ्य, शिक्षा, दुर्घटना र दीर्घकालीन सुरक्षामा महत्वपूर्ण सहयोग पुर्‍याउँछ।”
कार्यक्रममा बीमा अभिकर्ता, स्थानीय समाजसेवी, ग्राहक तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले नेपाल लाइफ इन्स्योरेन्सले मुलुकको बीमा क्षेत्रको सुदृढीकरणमा पुर्‍याएको योगदानको सराहना गरे।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २५ औं वर्ष प्रवेशको अवसरमा देशभर विभिन्न कार्यक्रम तथा सेवामूलक अभियानहरू सञ्चालन गर्ने जानकारी पनि दिइएको छ


प्रतिक्रिया दिनुहोस् ।