img

काठमाडौं महानगरपालिकाद्वारा पूर्वराजा ज्ञानेन्द्र शाहलाई रु. १ लाख जरिवाना


अपूर्व न्यूज समाचारदाता ।
काठमाडौं, १६ चैत्र । काठमाडौं महानगरपालिकाले पूर्वराजा श्री ज्ञानेन्द्र शाहलाई रु. १ लाख जरिवाना गरेको छ।

काठमाडौं महानगरपालिकाले पुर्व राजा ज्ञानेन्द्र शाहकाे नामा जारी गरिएको जरिवाना पत्र ।

साे चैत्र १५ गते, काठमाडौं महानगरपालिका वडा नं.-३२ तिनकुनेमा आयोजित कार्यक्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोर फालिएको भन्दै महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, र आर्थिक ऐन, २०८१ अन्तर्गत रु. १ लाख जरिवाना तोकेको हो।
साे नगर प्रहरी निरीक्षक ईश्वर प्रसाद वाग्लेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएअनुसार, उक्त फोहोरका कारण वातावरण प्रदूषण भएको ठहर गरिएको छ। यस विषयमा पूर्वराजा शाहको प्रतिक्रिया भने सार्वजनिक भएको छैन।


प्रतिक्रिया दिनुहोस् ।