img

जिल्ला समन्वय समितिका प्रमुखहरूको गुनासो ः प्रभावकारी काम गर्न अवसर नै छैन

जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवस अबसरमा पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ, १२ माघ । नेपाल सरकारद्वारा संविधान प्रदत्त जिम्मेवारी भए पनि जिल्ला समन्वय समितिका प्रमुखहरूले आफूहरूलाई प्रभावकारी काम गर्न अवसर नदिइएको गुनासो गरेका हो ।
शुक्रबार, चन्द्रागिरिमा आयोजित जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा जिसस प्रमुखहरुले सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा काठमाडौंका प्रमुख सन्तोष खड्काले अनुगमन, मूल्याङ्कन, र समन्वयको माध्यमबाट संघ, प्रदेश, र स्थानीय तहका सेवा प्रवाहलाई चुस्त बनाउन भूमिका निर्वाह गर्न चाहेको तर काम गर्न कठिनाइ भएको बताउनु भएको हो ।

“हामी संविधानअनुसार काम गर्न चाहन्छौं, तर काम नै छैन,“ उनले भने ।

काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले पनि समन्वय समितिलाई प्रभावकारी बनाउन सबै तहका सरकारहरूले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

गणतन्त्रको सफल अभ्यासका लागि स्थानीय तह ः देउवा

कार्यक्रमको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय गणतन्त्रको सही अभ्यासका लागि स्थानीय तहको भूमिका अपरिहार्य रहेको बताए। उनले संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसको समीक्षा र परिमार्जनका लागि छलफल अघि बढाउन प्रतिबद्धता व्यक्त गरेको हो ।

नेपाली कांग्रेसका सभापति देउवाले “संविधानले स्थानीय तहलाई लोकतन्त्रको प्राणका रूपमा व्याख्या गरेको छ । जिल्ला समन्वय समितिहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए,”

 


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780