img

दलित समुदायलाई स्थानीय तहमा सहज ढंगले सेवा सुविधाहरुमा पँहुच बढाउने प्रतिवद्धता ः नगर प्रमुख अधिकारी


लालबन्दी,७ भाद्र । सर्लाहीको लादबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले भने, दलित समुदायहरुलाई स्थानीय तह सहज ढंगले सेवा सुविधाहरुमा पँहुच बढाउने प्रतिवद्धता गरेको हो ।

नवगठित स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समितिलाई लादबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले आपना सान्दर्भिक भनाइ राख्दैं ।

बिहिबार लालबन्दी नगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा युएसएआईडी नेपालको आर्थिक सहयोगमा द एसिया फाउन्डेसनले कार्यन्वयन गरेको युएसआईडी नागरिक समाज र सञ्चार परियोजना तथा दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनमा दलित समुदायका नागरिक समाज,जनप्रतिनिधि र पत्रकारहरुको सञ्जाल निर्माण र परिचालन परियोजना अन्तर्गत “दलित सशक्तिकरण ऐन २०७६ अनुरुप”स्थानीय तहमा हुने जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा सो कुरा बताएको हो ।
उक्त छुवाछूत अनुगमन समिति गठन कार्यक्रमको अध्यक्षता गरिएका लालबन्दी नगरपालिकाका नगर प्रमुख अधिकारीले भने, मञ्चले मधेश प्रदेशमा रहेका दलित समुदायहरुको संदर्भमा नीतिगत रुपमा कानुनी तबरले दलितहरुलाई व्यवस्थापन गर्नका लागि स्थानीय तह र प्रदेश सरकारमा पँहुच बढाउने पहलकदमी गरिएकोले मञ्चलाई धन्यवाद दिदैं लालबन्दी नगरपालिकामा गठित स्थानीय तहमा हुने जातीय विभेद तथा छुवाछूत अनुगमन समिति कार्यान्व्यन गर्नका लागि आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा समावेश गरी बजेटसमेत विनियोजन गर्ने बताएको हो ।

सो अबसरमा छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त न्यौपानेले मधेश प्रदेश सरकारले प्रमाणिकरण गरी जारी गरिएको “दलित सशक्तिकरण ऐन २०७६ अनुसार पालिकाले स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन गनुपर्ने तर मञ्चले पहल गरि पुर्नताजगी गराएको बताए ।

सो छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा वृहत छलफलद्धारा लालबन्दी नगरपालिका वडा नं.७ का वडा सदस्य गिता विश्वकर्माकी संयोजकत्वमा ९ सदस्यीय स्थानीय तहमा हुने जातीय तथा छुवाछूत अनुगमन समिति गठन भएको हो । सो समितिमा सदस्यहरुमा दलित कार्यपालिका सदस्य देवानन्द पासवान,दलित अधिकारकर्मी टिकामाया विश्वकर्मा,विष्णु कुमार दर्जी, राजनैतिक दलबाट किशोरी दास तत्मा,मान बहादुर विश्वकर्मा,कल्पना सार्की,सन्त बहादुर विश्वकर्मा र लालबन्दी नगरपालिका लैङिक विकास तथा समाज कल्याण शाखा अधिकृत डाक कुमारी फुयाल रहेकी छन ।
लालबन्दी नगरपालिकाका दलित अधिकारकर्मी टिकामाया विश्वकर्मा,विष्णु कुमार दर्जीले दलित समुदायका लागि शिक्षा र स्वास्थ्य जोड दिनुपर्ने बताए । लगायत वक्ताहरुले गठित स्थानीय तहमा हुने जातीय विभेद तथा छुवाछूत अनुगमन समितिलाई समग्र कार्यान्व्यनको बिषयमा सहकार्य गरेर अगाडी बढने बताए ।
सो कार्यक्रममा मञ्चका कार्यक्रम अधिकृत अनुराधा दाहालले दलित सशक्तिकरण ऐन २०७६ कार्यान्व्यन र स्थानीय तहमा हुने जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन प्रक्रिया र समिति गठन कार्यक्रममा अधिकारकर्मी विष्णु कुमार दर्जीले समग्र परियोजनाको गतिविधिमा सहजिकरण गरिएको हो ।
उक्त छुवाछूत अनुगमन समिति गठन कार्यक्रमको अध्यक्षता लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी गरिएको हो ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार