img

जनमतले पार्टीको हकहितबिरुद्ध काम गरेको भन्दै ५ वडाअध्यक्षलाई कार्वाही गरियो ।


कञ्चनपुर,१५ फागुन। सत्तारुढ जनमत पार्टीले पार्टीको हकहितबिरुद्ध काम गरेकाले ५ जना वडाअध्यक्षलाई कार्वाही गरेको छ ।

जनमत पार्टी केन्द्रिय कार्यालय

जनमत पार्टीका प्रबक्ता शरदसिंह यादवका अनुसार पार्टीबाट निर्वाचित तीन जिल्लाका ५ वडाअध्यक्षलाई कार्वाही गरिएको हो ।

कार्वाहीमा पर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिका वड नम्बर ९ का वडा अध्यक्ष नन्दकिशोर यादव, रुपन्देहीको मर्चबारी गाउँपालिका वडा नम्बर ६ का रामसेवक खरबिन्द, लुम्बिनी सांस्केृतिक नगरपालिका ७ का ध्रुब यादव, गैडहवा गाउँपालिका ७ का लालबहादुर केबट र बर्दियाको गुलरिया नगरपालिका १० का लक्ष्मीनारायण लोधलाई कार्वाही गरिएको छ ।
कार्वाही गरिएकालाई पार्टीको कुनै पनि कार्यक्रममा सहभागी नगराउन निर्देशन दिइएको छ ।
पार्टीको हकहितबिरुद्ध काम गरेको,पार्टीको लेबी नतिरहेको,निर्वाचित भएपछि पार्टीसँग कुनै मतलव नराखेकाले कार्वाही गरिएको प्रबक्ता यादवले बताए ।


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780