कञ्चनपुर,१० श्रावण । कञ्चनरूपमा पुनः एक बालिका बलात्कृत भएको घट्ना बाहिरिएको छ । कंचनरुप नगरपालिकास्थित एक लघुवित्त संस्थाको कार्यालयभित्रै बालिका बलात्कृत भएको घट्ना बाहिर आएको हो ।
कञ्चनरुप नगरपालिका वडा नम्बर ११ स्थित सृजनशिल लघुवित्त संस्था लिमिटेडको कार्यालयभित्रै १५ बर्षीया बालिकासँग जर्वजस्ती करणी भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी दीपक कुमार रायका अनुसार घट्ना ७ साउनको साँझतिरको हो ।
उक्त संस्थामा कार्यरत सिरहाको नरहा गाउँपालिका २ चोहर्वा निवासी २६ बर्षीय ईश्वर कुमार सदाले ती बालिकासँग जर्वजस्ती करणी गरेका हुन् ।
आफ्नो मामा घरमा बस्दै आएकी बालिकालाई संस्थाभित्रै लगी उनले जर्वजस्ती करणी गरेका हुन् । सदालाई पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई जर्वजस्ती करणी मुद्दामा अन्य अनुसन्धान शुरु गरिसकिएको कञ्चनपुरका डीएसपी रायले बताए ।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...