img

हक अधिकार,शिक्षा,स्वास्थ्य तथा रोजगार सुनिश्चित लगायत माग राख्दैं डोम भेला सम्पन्न


कञ्चनपुर,(सप्तरी) २१ माघ । जिल्ला स्तरीय प्रथम डोम समुदायहरुको भेलाले राज्यबाट डोम जाती हक अधिकार,शिक्षा,स्वास्थ्य तथा रोजगार सुनिश्चित लगायत माग राख्दैं शनिबार जिल्ला समिति गठन गरिएको छ ।

सप्तरी जिल्ला स्तरीय प्रथम डोम समुदायहरुको भेलामा अतिथि गण ।

कञ्चनरुप नगरपालिका ८ स्थित सर्बोदय माध्यमिक विघालय कञ्चनपुरमा उक्त डोम भेलाबाट सिकिन्द्र मरिक जिल्ला अध्यक्षमा चयन भएका छन । उपाध्यायमा धर्म देव मरिक, काेषाध्यक्षमा  फुलाे देवी मरिक, सचिवमा शिव नारायण मरिक, सहसचिव नरशे मरिक,सदस्य छोटनि मरिक, मुन्नु देवि मरिक, बिनोद मरिक, रमेश मरिक र हेका छन् भने सल्लाहकार संयोजकमा युक्तिलाल मरिक, सल्लाहकार सदस्यमा गलुमी मरिक र सिकिन्दर मरिक लगायतको समिति गठन गरिएको छ ।
डोम उत्थान समाज जिल्ला सप्तरीले जिल्ला स्तरीय प्रथम डोम समुदायहरुहरुको भेलामा सिकिन्द्र मरिकको अध्यक्षतामा प्रमुख अतिथि कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता, अतिथि उपप्रमुख मुना कुमारी पोखरले , पत्रकार तथा अभियान्ता भोला पासवान लगायतको उपस्थितिमा समिति गठन गरिएको हो ।
सो जिल्ला स्तरीय प्रथम डोम समुदायहरुको भेलाले राज्यबाट डोम जाती हक अधिकार,शिक्षा,स्वास्थ्य तथा रोजगार सुनिश्चित गर्नका लागि दवाव र्सजना गर्ने एक समिति गठन गर्ने बताए ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780