अर्चना परियार
सप्तरी । समय परिवर्तनशिल छ । १७ औँ शताब्दिका कुराहरु परिर्वतन भएर आज हामि २१ औँ शताब्दिमा छौँ । आज हामि विज्ञान र प्रबिधिको युगमा विकाशको प्रतिस्पर्धा गरिरहेका छौँ । देशको निति, व्यवस्था र नेत्तृत्वमा परिवर्तन आयो । तर मान्छेको विभेदकारी सोँच, बौद्धिक चेतनामा परिर्वतन आहिले आउँछ ? मानिसको मस्तिष्कमा गहिरो रुपमा जरा गाडेर बसेको भेदभावको मानसिकतामा अहिलेसम्म सकारात्मक परिवर्तन आएन ।
यति भनिरहँदा यो २१ शताब्दिको आधुनिक युगमा पनि हामि १७ औँ शताब्दिको सोँच र कुसंस्कारमा बाँचिरहेका छौँ भन्न खोजेको पक्कै होइन तर अहिले पनि परम्परा, संस्कार, आरक्षणको नाममा दलित समुदायमाथि गरिएको घटनाहरुले हामि कति अशिक्षित सोँच र पुरानो जमनामा बाँचिरहेका छौँ भन्ने कुरा छर्रङ्ग पारिदिएको छ ।
जातिय भेदभावको विरुद्धमा कानुन बनको छ, संविधानले छुवाछुत तथा भेदभाव दण्डनीय अपराध हो भनेर भनेको छ । तर ब्राहमणवादि सोँच भएको समाजले अछुतको ट्याग लगाइदिइको कथित तल्तो जातिहरुलाई आफुलाई उपल्लो जाति महसुश गर्नेहरुले हेप्ने, छोइछिटो गर्ने, अपमान गर्ने, दोष लगाउने ब्यवहार कायमै छ । आजका युवा राष्ट्रका गहना भनिएका ब्यक्ति, धेरैले आइडल मानेका ब्यक्ति, सार्वजनिक पद धारण गरेका ब्यक्तिबाट भएको जातिय विभेदको घटनाले हामि कस्तो समाजको प्रतिनिधित्व गर्दैछौँ भन्ने दर्शाउँदछ ।
केहि समय अगाडी धरानका मेयर हर्क साम्पाङ् राईले फेसबुकमा राखेको अभिव्यतिले सामाजिक संजाल नै ततायो । समाजले कुसल, क्षमतावान मानेर, सामाजिक जिम्मेवारी सुम्पिएको, समाजले अभिभावकको रुपमा लिएको, व्यक्तिले कुनै पनि प्रकारको आक्रोश पोख्न सिङ्गो समुदायमाथि प्रयोग गरेको अपमानजनक शब्दले पनि हाम्रो बौद्धिकता कुन स्तरको छ भनेर देखाएको छ ।
त्यसैगरि राष्ट्रको गहना भनेर सबैले माया र सम्मान गरेको गायिका मधु क्षेत्रिले निकै चर्चित सामाजिक संजाल टिकटक लाईभमा बोलेको अभिब्यक्ति कोरोना भाइरस जसरी नै फैलियो । कूनै एक ब्यक्तिमाथि रिस पोख्ने निहँमा आवेगमा आएर एउटा सिङ्गो दलित समुदायलाई तुच्छ, अपमान र विभेदजन्य शब्द प्रयोग गरिन् । उनले आवेगमा एक पटक मात्र नभएर होस हवासमै पटकपटक दलित समुदायलाई तल्लो स्तरको रुपमा मापन गर्दै प्रयोग गरेको शब्दले पुखौँदेखिको अपमानको रापले दलित समुदायको दिमाग तताएको छ ।
त्यस लग्गतै पोखरा महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष भरत बहादुर अधिकारीले दलित समुदायमाथि तल्लो स्तरको तुच्छ शब्द प्रयोग गरे । एउटा सार्बजनिक पद धारण गरेको व्यक्ति, अरुको गुनासो, समस्या सुन्ने सुनिदिने, विभेदलाई निर्मुल पार्नुपर्ने कुर्सिमा बसेको व्यक्तिले कुशब्द प्रयोग गरि जातिय विभेद गर्न सुहाउँछ ? यि त भर्खरैका प्रतिनिधि घटनाहरु मात्र हुन हामी यस्ता कयौं निर्मम घटनाहरुको साँक्षी भएका छौँ ।
दलितको संस्कार तल्लो स्तरको हून्छ । गलत आचरण, गलत व्यवहार, खराब चरित्र, खराब स्वभाव, नराम्रो बोलि, कुरुप मुहार, गलत,खराब र नराम्रो जति दलित समूदायको पहिचान नै भन्ने आसयका साथ व्यक्त गरिने यस्ता अपमानजनक शब्दले आज पनि दलित समूदायले छुवाछुत, भेदभाव, दमन, आत्याचार र अपमानको बोझिलो भारी बोकीरहेको कुरालाइ हामी सजिलै अनुमान लगाउँन सक्छौँ ।
दलित समुदायले कोटा लिएका छन् । कोटा लिनेले हेपिनु पर्छ । जातले बोलाउन किन नपाउने दमाईलाइ दमाई, काँमिलाई काँमि, सार्किलाइ सार्कि नभनेर के भन्ने भन्दै आफुलाइ उच्च देखाउँदै गर्ब गर्ने र कथित तल्लो जाति दलित समुदायलाई अपमान र निचो देखाउने आसायले बोल्ने आजका शिक्षित भनिएका युवाहरु पनि थुर्पै छन् ।
आफुलाई गैर दलित वा जातको कारणले उच्च महसुश गर्नेहरुले सिङ्गो समुदायमाथि कुशब्द प्रयोग गर्दै रिस पोख्ने, दलित जातिलाई अपमान गर्दै आक्रोश शान्त गर्ने, दलित जातिलाई थुक्ने, नसुहाउँदो, कुरुप मुहारलाई दलितको संज्ञा दिने जस्ता कुरा कुनै नौलो कुरा होइन । जातकै कारणले कसैको आत्मसम्मानमा ठेस पु¥याएर आफुलाई उपल्लो सम्झिने ब्राहमणवादि सोँचहरुले अझैपनि डेरा छोडेको छैन भन्ने यथार्थलाई अस्विकार गर्न सकिन्न ।
देश विकाशको कुरा गर्ने, परिवर्तनका चर्काचर्का भाषणहरुले सदन गुन्जयमान बनिरहँदा खुलायाम रुपमा एउटा समुदायले अर्को समुदायलाई गरेको जातिय विभेद,अपमान, अमानविय ब्यवहारप्रति ति ब्यक्तिहरु नै मैन रहनु अर्को दुखद कुरा हो ।
एकातिर संविधानमा कुनैपनि प्रकारको जातिय विभेद दण्डनीय अपराध हो भन्ने । जातिय विभेद विरुद्ध कानुन बनाउने अर्कातिर तिनै जातिय विभेद गर्ने अपराधीलाई साँढे जसरी छोडिदिने, यस्ता अमानविय ब्यवहार, कुप्रथा, कुसंस्कारलाई देखेर पनि नदेखे झैँ गर्ने, सुनेर पनि नसुनेझैँ गर्ने प्रवृतिलाई पनि नजिकबाट नियालिरहेका छौँ । देश विकाशको, समतामुलक समाज निर्माणको, परिवर्तनको संवाहक मानिएको व्यक्तिहरुले यस्तो अमानविय, कुसंस्कारको विरुद्ध चँईक्क पनि नबोल्नु लज्जाको विषय हो ।
हामिले समतामुलक समाजको परिकल्पना गरिँरहदा भैतिक विकासलाई मात्रै प्राथमिकतामा राखिएको देख्छौँ तर समाजको चेतनास्तर कहाँ छ भन्ने विषयलाई केलाउँनु जरुरि छ । एकले अर्कोलाई, एउटा समुदायले अर्को समुदायलाई गर्ने थिचोमिचो, शोषण, अपमान र अमानविय ब्यवहार देश विकास र समतामुलक समाज निर्माणको बाधक मात्र होइन यो दण्डनीय अपराध पनि हो भन्ने कुरा कसैलाई सिकाईरहनु पर्दैन ।
तर विडम्बना यस्ता विषय राजनितिक मुद्धा नबन्नु, बौद्धिक तहबाट वहस नहुनु र आफुलाई उच्च जाति भएको महसुश गर्ने तथा ब्राहमणवादि सोँच भएकाहरुले दलित शब्दको नाममा वा कोटा ( आरक्षण ) लाई लिएर जातिय विभेदलाई प्रसय दिने कुर्तकहरु गर्नु दुःखदायी कुरा हो ।
एउटा सिङ्गो समुदायलाइ अलग्याएर समतामूलक समाजको परिकल्पना गर्नु भनेको बालुवामा पानि हालेर समुद्र बनाउँछु भने जस्तै हो । तसर्थ आजको शिक्षित समाजलाई चेतनशिल बनाउनु जरुरी छ । देशको निति, ब्यवस्था, नेत्तृत्वको परीवर्तन सँगै विभेदकारी सोँचमा परिवर्तन भएन भने हामिले चाहेको विकशित र समतामुलक समाजको निमार्ण कदापी हुन सक्दैन ।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...