काठमाण्डाैं,२० असाेज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेश गरिएको बन्दसूचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

असोज १६ गतेसम्म संशोधन पेश गर्न दिइएको समयमा बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिन सकिने भनिएको थियो ।
समानुपातिक प्रणालीका लागि निर्वाचन आयोगद्वारा तोकिएका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार प्रतिनिधि सभातर्फ ९ र प्रदेश सभातर्फ २० उम्मेदवारले नाम फिर्ता लिएका छन् ।
नाम फिर्ता लिनेमा दुवै तहमा गरी नेपाली कांग्रेसका ९, नेकपा माओवादी केन्द्रका २, जनता समाजवादी पार्टीका ५, एकीकृत समाजवादी र जनता समाजवादीका ५, नागरिक उन्मुक्ति पार्टीका १, पुनःजागरण पार्टीका १ र राष्ट्रिय नागरिक पार्टीका ५ जना छन् ।
उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई आयोगले असोज १७ गते नै जानकारी दिइसकेको छ । असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएका कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्काे उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने निर्वाचन कार्यक्रम छ । साभार ः लाेकान्तर डटकम
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...