img

एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस्का मधेश प्रदेश संयोजकमा विद्यानन्द राम


जनकपुरधाम, २५ भदौ । मधेशलाइभ अनलाइनका सञ्चालक एवम् कार्यकारी सम्पादक विद्यानन्द राम एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)का मधेश प्रदेश संयोजकमा  नियुक्त भएका छन् ।

मधेशलाइभ अनलाइनका सञ्चालक एवम् कार्यकारी सम्पादक विद्यानन्द राम

सप्तरीको बोदेबरसाईन नगरपालिका–३ निवासी राम नेपाल समाचारपत्र राष्ट्रिय दैनिक एवम् नेपाल पत्रकार महासंघ, सप्तरीका कार्यसमिति सदस्य समेत हुन् ।

करिब एक दशकदेखि पत्रकारितामा सक्रियतासाथ लागेका रामलाई अनाजको विहिवार गरिएको निर्णय अनुसार संयोजकमा नियुक्त गरिएको हो ।

एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)काअध्यक्ष किरण आचार्यद्वारा हस्ताक्षरित रामलाई प्रदान गरिएको नियुक्त पत्रमा संस्थाको उद्देश्य अनुरुप कृषि सञ्चार प्रवर्द्धनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780