अपूर्व न्यूज समाचारदाता ।
राजविराज,१८ साउन । सप्तरी प्रहरीले हवाई फायर गर्दै दुई जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हाे।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आइतबार बिहान छिन्नमस्ता गाउँपालिका–१ बरहीबिरपुरबाट पक्राउ परेका उनीहरूको साथबाट सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरिएको हाे।
भाग्दै गरेका लागूऔषध व्यापारी प्रहरीको हवाई फायरपछि समातिए
साे जिल्ला प्रहरी प्रमुख एसपी गौतम केसीका अनुसार खटिएको प्रहरी टोली उनीहरूलाई नियन्त्रणमा लिन जाँदा भाग्न खोजेका थिए। भाग्न खोज्ने क्रममा प्रहरीलाई दुई राउण्ड हवाई फायर गर्नुपरेको हाे।
अहिले उक्त क्षेत्रलाई सुरक्षाकर्मीहरूले घेराबन्दी गर्दै थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको हाे।
