राजकुमार पासवान।
जनकपुरधाम,१८ साउन । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रस्थान गर्नुभएको हाे।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काेशी प्रदेशका प्रदेश प्रमुख खापुङको अनुपस्थितिमा कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई तोकिएकाे हाे ।
साे नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम गरिएको हो।
साे राष्ट्रपतिको कार्यालयले खापुङ मलेसियामा हुने चौथो अधिवेशनमा नेपालको तर्फबाट प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको हाे। सो अवधिमा कोशी प्रदेशको संवैधानिक तथा प्रशासनिक औपचारिकताहरूमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले कार्यवाहकको जिम्मेवारी मधेस प्रदेश प्रमुखलाई दिइएको हो।
संविधानको धारा १६३ को उपधारा (३) मा प्रदेश प्रमुख अनुपस्थित भएमा अर्को प्रदेशको प्रमुखलाई कार्यवाहकको जिम्मेवारी दिन सकिने व्यवस्था गरिएको छ। यही प्रावधानअनुसार राष्ट्रपति पौडेलले खापुङको अनुपस्थितिमा भण्डारीलाई कार्यवाहक प्रदेश प्रमुख तोक्नुभएको हो।
प्रदेश प्रमुख खापुङ मलेसिया यात्रामा, मधेस प्रदेश प्रमुख भण्डारी कार्यवाहक
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोशी प्रदेशका माननीय प्रमुख श्री परशुराम खापुङ मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघको चौथो अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन जाने भएकाले उहाँको अनुपस्थितिमा मधेस प्रदेशकी माननीय प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कार्यवाहक जिम्मेवारी तोकिएको छ।”
कार्यवाहक प्रमुख भण्डारीले यस अवधिमा कोशी प्रदेश सरकारका गतिविधिहरू, प्रदेश सभासम्बन्धी संवैधानिक औपचारिकता, र राष्ट्रपति कार्यालयसँग प्रत्यक्ष समन्वय गर्ने जिम्मेवारी पाउनेछिन्। यसअघि पनि अन्य प्रदेश प्रमुख अनुपस्थित हुँदा नजिकको प्रदेशको प्रमुखलाई कार्यवाहकको जिम्मेवारी दिने प्रचलन रहेको छ।