img

मधेश प्रदेशलाई साक्षर बनाउन उच्चस्तरीय कार्यदलको प्रतिवेदन सार्वजनिक


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको प्रमुख आतिथ्यतामा जनकपुरधाममा “साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदल” ले तयार गरेको प्रतिवेदन हस्तान्तरण गरिएको हाे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल ।

पूर्वसचिव डा. रामस्वरुप सिन्हाको संयोजकत्वमा गठित ७ सदस्यीय कार्यदलले मधेश प्रदेशको साक्षरता अवस्था, समस्या, समाधान रणनीति र कार्ययोजनासहितको प्रतिवेदन प्रस्तुत गरेको हो । कार्यदलले २०८३ आषाढ तेस्रो साताभित्र मधेशलाई साक्षर घोषणा गर्न सकिने समयबद्ध योजना समेत सुझाव दिएको हाे ।
मन्त्री पोखरेलले साक्षरता अभियानलाई सामाजिक रूपान्तरणसँग जोड्दै संघीय सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । मधेश प्रदेशका शिक्षा मन्त्री रानी कुमारी तिवारीले परिणाममुखी अभियान आवश्यक रहेको उल्लेख गर्दै बाँकी दुई महिनामा साक्षर घोषणा सम्भव हुने विश्वास व्यक्त गर्नुभएकाे हाे।
साे कार्यक्रममा संघीय तथा प्रदेश सरकारका प्रतिनिधिहरूले तीनै तहको समन्वय, विद्यार्थी परिचालन र द्रुत सिकाइ विधिमार्फत लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस् ।